सांस्कृतिक पोसाकको जगेर्ना गर्दै कामना सेवा विकास बैंक
सोमबार, ०१ साउन २०८०, १६ : ११

काठमाडौँ । सांस्कृतिक पोसाकको जगेर्ना गर्ने उद्देश्यले कामना सेवा विकास बैंकले आफ्ना कर्मचारीहरूलाई आफ्नो समुदाय झल्कने पोसाक लगाउन भनेको छ । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीका अनुसार हरेक महिनाको पहिलो सोमबार बैंकले आफ्ना कर्मचारीहरूलाई आफ्नो कामका साथै आफ्नो समुदायको भेषभूषा, सांस्कृतिक पहिचान झल्कने पोसाक लगाउन भन्ने गरेको छ ।
उक्त अभियानलाई बैंकका सम्पूर्ण कर्मचारीहरूले साथ दिएर सांस्कृतिक भेषभूषाको महत्त्व झल्काउँदै आएको बैंकको भनाई छ । साउनको पहिलो सोमबार पनि बैंकका सबै कर्मचारीहरूले आफ्ना समुदायको सांस्कृतिक भेषभूषा लगाएर काम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको जस्तो हविगतबाट बच्न पुटिनको नभइ अमेरिकाको आप्रवासनमा ध्यान दिनुहोस् : राष्ट्रपति ट्रम्प
-
पर्सास्थित एक सरकारी विद्यालयका कयौँ विद्यार्थी अचानक भए बेहोस
-
सभामुखका सुरक्षाकर्मीको सवारी दुर्घटनामा मृत्यु
-
एकसाथ रिलिज ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’को व्यवसाय कस्तो ?
-
अरब राष्ट्रले गरे इजरायलको आलोचना
-
हिमपातले विद्यार्थी बिरामी, पठनपाठन प्रभावित