बंगलादेशसँगको सिरिज जितेर नेपाल फर्कियो महिला फुटबल टोली
काठमाडौँ । नेपाली महिला फुटबल टोली बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल सिरिज जितेर सोमबार स्वदेश फर्किएको छ ।
१९औं एसियाडको तयारी स्वरूप नेपालले महिला फुटबलमा दक्षिण एशियाको बलियो टोली बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो ।
उक्त भ्रमणमा नेपालले पहिलो खेलमा १–१ बराबरीको नतिजा सामना गर्दा दोस्रो खेल टाइब्रेकरमार्पmत ४–२ गोलअन्तरले जित्दै सिरिजको ट्रफी उचाल्यो । दोस्रो खेलमा वैकल्पिक गोलकिपरका रूपमा मैदान प्रवेश गरेकी अञ्जना रानामगरले दुई पेनाल्टी बचाएपछि नेपालले रोमाञ्चक जित निकालेको थियो ।
नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले स्वागत गरेका थिए ।
सोमबार स्वदेश फर्किएका नेपाली टोलीले पर्याप्त म्याच एक्सपोजर पाउन सकेमा एसियाडका लागि राम्रो तयारी हुने धारणा राखेका थिए । नेपाली महिला फुटबल टोलीका प्रशिक्षक अनन्तराज थापाले साफको च्याम्पियन टोलीविरुद्ध आफ्नो टोलीले गरेको जुझारु प्रदर्शनले आगामी खेलमा नेपाली खेलाडीको आत्मबल बढाउने विश्वास व्यक्त गरे । तुलनात्मक रूपमा नेपाली टोलीमा धेरै पक्ष सुधार आएको प्रशिक्षक थापाले बताए । प्रशिक्षक थापाले टोलीमा अझै पनि फिटनेसमा केही समस्या देखिएको बताए । त्यसका लागि उनीहरूलाई जतिसक्दा धेरैभन्दा धेरै म्याच एक्सपोजर दिन आवश्यक रहेको औंल्याए ।
नेपाली महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बालेले एसियन गेम्समा बंगलादेशभन्दा कठिन प्रतिद्वन्दीहरू सामना गर्नुपर्ने भएकाले टोलीमा धेरै सुधार गर्नुपर्ने आश्यकता रहेको बताइन् । उनले अझ पनि माथिल्लो स्तरको टोलीविरुद्ध म्याच एक्सपोजर पाएमा एसियाडको तयारी राम्रो हुने विश्वास व्यक्त गरिन् ।
नेपाली टोलीकी भरपर्दी स्ट्राइकर सावित्रा भण्डारीले पछिल्ला साफमा भएका गल्तीहरू कम गर्दा बंगलादेशबिरुद्ध जित सम्भव भएको बताइन् । उनले एशियन गेम्स खेल्न पाउनु नै आफूहरूका लागि ठूलो अवसर भएपनि त्यो प्रतिष्पर्धाले गर्दा नेपालको वास्तविक खेलस्तर कस्तो रहेछ भन्ने प्रमाणित गर्ने धारणा राखिन् ।
नेपाली टोलीकी स्ट्राइकर सावित्राले पुरुष टिमको जस्तै युथ र सिनियर लेभलको लिग गरे महिला फुटबलको भविष्य राम्रो रहेको संकेत गरिन् । साथै सिनियर टोलीको म्याच एक्सपोजर पनि उत्तिकै आवश्यक रहेको सावित्राले औंल्याइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन
-
ककनी–२ मा कांग्रेसकाे घरदैलो कार्यक्रम तीव्र
-
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
-
भर्जिनियामा मापसे गरी गाडी कुदाउँदा २ नेपाली युवाको मृत्यु, चालकविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा
-
मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु