शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँमा ६१७ नागरिकको सुरक्षा जिम्मेवारी १ जना प्रहरीलाई

सोमबार, ०१ साउन २०८०, १५ : ४९
सोमबार, ०१ साउन २०८०

काठमाडौँ । काठमाडौँ जिल्लामा १ जना प्रहरीको काँधमा ६१७ जना नागरिकको सुरक्षा गर्नुपर्ने जिम्मेवारी देखिएको छ । जनसङ्ख्याको आधारमा ६१७ जना नागरिक बराबर १ जना प्रहरी काठमाडौँ जिल्लामा कार्यरत छन् ।

सोमबार आर्थिक वर्ष २०७९–०८० मा भएको कार्यसम्पादन विवरण सार्वजनिक गर्दै काठमाडौँका एसएसपी दान बहादुर कार्कीले जनसङ्ख्याको तुलनामा प्रहरी जनशक्तिको सङ्ख्या कम रहेको जानकारी दिए ।

काठमाडौँ जिल्लामा २० लाख १७ हजार ५३२ जनसङ्ख्या छ । तीमध्ये पुरुषको सङ्ख्या १० लाख २५ हजार ७२७ र महिला ९ लाख ९१ हजार ८०५ छन् । 

२०७९ साउनपछि २०८० साउन सम्ममा काठमाडौँ जिल्लाभरका प्रहरी युनिटमा १५ लाख ४ हजार ५९५ फोन कल आएको एसएसपी कार्कीले बताए । ‘प्रहरी माग गरेर १५ लाख भन्दा धेरै कल आएको अवस्था छ’ परिसर काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा एसएसपी कार्कीले भने–‘प्रहरी कन्ट्रोल र थप दुई वटा नम्बरमा सर्वसाधारणले फोन गरेर प्रहरी सहायता माग गरेको अवस्था छ ।’

जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहतका कार्यालयहरूमा समेत प्रहरी सहायकताका लागी १००, ०१–४२२८४३५ र ९८५१२८३०२६ मा फोन गर्न सकिने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप