इटहरीमा बजार अनुगमन, एक मासु पसलमा उपमहानगरले लगायो ताला

इटहरी । इटहरीको बजार अनुगमनमा बासी र सडेगलेको मिठाई मासु बिक्री वितरण गर्ने गरेको भेटिएको छ । बासी लगेको मासु बिक्री गर्ने एक पसलमा उपमहानगरले ताला लगाएको छ ।
आज(सोमबार) इटहरी उपमहानगरपालिकाले बजार अनुगमनका क्रममा मिठाई पसल तथा मासु पसलहरुको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा बिक्रीका लागि राखिएको मासु दुई तिन दिन देखी राखेको र गलेको अवस्थामा भेटिएको थियो । बीपी चौक स्थित बत्सु मिट सेन्टरले बासी र गलेको मासु बिक्रीका लागि राखिएको थियो । खान अयोग्य भेटिएपछि उपमहानगरले सो पसलमा ताला लगाई दिएको छ ।
यस्तै इटहरीका केही मिठाई पसलमा अखाद्य वस्तु भेटिएको छ । बिक्रीका लागि राखेका मिठाई तथा अन्य खाद्यवस्तुमा झिँगा भन्किएको, किरा परेको भेटिएको थियो । इटहरीको मुख्य बजारमै सञ्चालनमा रहेको नटराज मिठाई पसलमा म्याद गुज्रिएका खानेकुरा भेटिएको थियो ।
मेयर हेमकर्ण पौडेल सहित पुगेको अनुगमन टोलीले सामानको म्याद हेर्न थालेपछि पसलका सञ्चालकले हतार हतार म्याद गुज्रिएको सामान मिल्काएका थिए । मेयर पौडेलकै अगाडी म्याद गुज्रिएको सामान फालेका सञ्चालकले पछि माफी मागेका थिए । उनको पसल माथि कानुनी कारबाही अगाडि बढाइने जनाइएको छ ।
अनुगमन टोलीले इटहरीका विष्णु मिष्ठान्न भण्डार, नटराज मिठाई पसल, हिरा होटल, सगुन स्विट्स, बालाजी मिठाई पसल लगायतका मिठाई पसलको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा अधिकांश मिठाई पसलमा भान्छा सफा नभएको, म्याद गुज्रिएका खाद्यान्न विक्रीका लागि राखिएको, सरसफाइ राम्रोसँग नभएको जस्ता कैफियत भेटिएको थियो ।
बासी र सडेगलेका सामग्री बिक्रीका लागि राखेको, झिँगा र कीरा परेका खाद्यपदार्थ बिक्रीका लागि राखेको पाइएपछि ती नष्ट गरी कानुनी कारबाही अगाडि बढाइएको नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।
बजार अनुगमन चाडपर्व केन्द्रित मात्र हुने गरेको गुनासो बढेपछि अनुगमनलाई नियमित रुपमा निरन्तरता दिएको नगरप्रमुख पौडेलले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा शङ्कास्पद गतिविधि संलग्न ७ जना बंगलादेशी नागरिक पक्राउ
-
सेनाले भन्यो– ‘रुख काट्ने प्रक्रिया पुरा गर्न ११ महिना लाग्छ’
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस एमालेको प्रतिवाद
-
नेप्सेको प्रमुख कार्यकारी अधिकृत छान्न अर्थ मन्त्रालयले बनायो समिति
-
‘जेन–जी’को युगमा ‘जेरोन्टो’को नेतृत्व
-
नेता तथा उच्च पदस्थको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग बनाउन माग