योकोभिचलाई हराएपछि अल्कारजले भने ‘जीवनकै सबैभन्दा खुसीको क्षण’

काठमाडौँ । २० वर्षीय युवा खेलाडी कार्लोस अल्कारजले आफ्नो खेलजीवनको दोस्रो ग्रान्डस्लाम उपाधि जितेका छन् । विश्व टेनिसको सबैभन्दा पुरानो ग्रान्डस्लाम प्रतियोगिता विम्बल्डनको उपाधि चुमेपछि उनले भने, ‘यो मुरो खेलजीवनकै सबैभन्दा खुसीको क्षण हो ।’
उनले यसो भन्नुको पछाडि उपाधि जित्नुको खुसीमात्र थिएन । बरु उनले फाइनलमा हराएका खेलाडीको उचाइँ नै यति ब्यापक थियो कि त्यसले अल्कारजको खुसीलाई असिमित बनाइ दियो । स्पेनिस खेलाडी अल्कारजले फाइनलमा सर्बियन खेलाडी नोभाक योकोभिचलाई हराएका थिए ।
३६ वर्षीय अनुभवी खेलाडी योकोभिचले हालसम्म विम्बल्डनको उपाधि मात्र सात पटक जितिसकेका छन् । उनी आठौं विम्बल्डन उपाधिको खोजीमा थिए । तर, अल्कारजले योकोभिचको त्यो सपनालाई पुरा हुन दिएनन् ।
प्रतिस्पर्धात्मक फाइनलमा अल्कारले योकोभिचलाई १—६, ७—६ ९८—६०, ६—१, ३—६, ६—४ अंकले हराएका हुन् । योकोभिचले हालसम्म २३ वटा ग्रान्डस्लाम उपाधि जितिसकेका छन् । अर्कोतिर, अल्कारजको भने यो दोस्रो ग्रान्डस्लाम उपाधि हो । अल्कारजले यसअघि सन् २०२२ मा यूएस ओपनको उपाधि जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकको आन्दोलनले विद्यार्थी भर्ना अभियान ठप्प
-
दुखेको मुटुलाई हाँसोले पुर्न खोज्ने पात्रको कथा ‘हेल्लो काँशिराम'
-
पर्यटकीय गन्तव्य बन्दै बन्दीपुर, एकै वर्ष दुई लाखले गरे भ्रमण
-
कांग्रेसद्वारा केन्द्रीय समिति बैठक आह्वान
-
तस्बिरमा हेर्नुहोस् भक्तपुरको जिब्रो छेड्ने जात्रा
-
एमालेभित्रको विवाद : विराटनगरमा पनि दुई प्यानल