हिमालय एअरलाइन्सद्वारा एनडीए–नेपाल अर्थोपेडिक अस्पतालसँग सहकार्य
काठमाडौँ । हिमालय एअरलाइन्सले सामाजिक उत्तरदायित्व अन्तरगत एनडीए–नेपाल अर्थोपेडिक अस्पताललाई सहयोग गरेको छ ।
एअरलाइन्स्का अध्यक्ष झोउ एन्योङ्गले अस्पतालका सामदेन लामा र मेडिकल डाइरेक्टर डा.कैलाश कुमार भण्डारीलाई २ टनको स्ट्यान्डिङ एयर कन्डिसनर हस्तान्तरण गरेका हुन्।
अस्पतालको सगरमाथा जनरल वार्डमा एयर कन्डिसनर जडान गरिएको छ, जहाँ समस्यामा परेका बिरामीहरूले सस्तो सेवा शुल्कमा गुणस्तरीय अर्थोपेडिक सेवा पाउनेछन्।
अस्पताल परिसरमा आयोजित हस्तान्तरण समारोहपछि एअरलाइन्सका अध्यक्ष झोउ एन्योङ्गले सगरमाथा जनरल वार्डको भ्रमण गरी त्यहाँको अवस्था अवलोकन गरे । एन्योङ्गले भने, ‘हिमालय एअरलाइन्सको लक्ष्य नेपालको उड्डयन क्षेत्रमा प्रगतिशील बृद्धि गर्ने मात्रै नभई सामाजिक उत्तरदायित्व प्रतिको आफ्नो जिम्मेवारीलाई पूरा गर्न सक्दो प्रयास गर्ने योजना पनि राखेको छ। म आशा गर्दछु कि हाम्रो सानो योगदानले नेपाल अर्थोपेडिक अस्पतालको गुणस्तरीय हेरचाहका साथ खाँचोमा परेका मानिसहरूको सेवा गर्ने प्रयासलाई बलियो बनाउन मद्दत गर्नेछ।’
यसैगरी डा कैलाश कुमार भण्डारीले हिमालय एअरलाइन्सको सहयोगप्रति आभार प्रकट गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविलगायत विरुद्ध ४२७ पृष्ठ लामो अभियोगपत्र दायरदेखि सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र असन्तुष्टिसम्म
-
फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित
-
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबिच सेयर प्रत्याभूति सम्झौता
-
लक्ष्मी सनराइज बैंक र आईएफसीबिच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्ने बारे साझेदारी
-
ताली बजाएर र भाषण गरेर मात्रै क्रिकेटको विकास हुँदैन : अध्यक्ष चन्द
-
मन्त्रालयको बजेट नगरपालिकाको भन्दा पनि कम हुँदा काम गर्न सकिएन : खेलकुद मन्त्री