अभिनेता सारुकको चिरशान्तिका लागि दीप प्रज्वलन गरिने
![अभिनेता सारुकको चिरशान्तिका लागि दीप प्रज्वलन गरिने](https://npcdn.ratopati.com/media/news/saruk-tamrakar_OT5GokV5QJ.jpg)
काठमाडौंँ । गत असार २१ गते आफ्नै घरमा मृत भेटिएका अभिनेता सारुक ताम्राकारको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिने भएको छ । उनको निधन भएको १४ औं दिनमा बुधवार बौद्धस्थित बौद्ध स्तुपामा दीप प्रज्वलन गर्न लागिएको हो ।
सारुकको सम्झनामा हुन लागेको दीप प्रज्वलनको अभिनेत्री सृष्टि श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । उनले भनेकी छन्, ‘हामी मक्खन बत्ती र मैनबत्तीहरू प्रज्वलन गर्नेछौं । शान्तिको क्षेत्रमा सारुकको यात्रा ज्योतिको प्रतिक हुनेछ ।’
उनले सबैलाई सामूहिक रुपमा सहभागी भएर सारुकको शान्ति यात्रामा शुभकामना पठाउन अनुरोध समेत गरेकी छन् ।
साँझ ६ बजेदेखि ७ बजेसम्म गरिने दीप प्रज्वलनमा कलाकर्मीको सहभागिता रहने जनाइएको छ । सारुकको आत्महत्याको बिषयमा उचित छानबिनका लागि लागि बिभिन्न कलाकारले सामाजिक सञ्जालबाट माग गरिरहेका छन् । प्रहरीले सारुकले आत्महत्या गर्नुको कारण पत्ता लगाउन उनको मोबाइल जाँचबुझदेखि अन्य अनुसन्धान गरिरहेको छ ।
दयाराम दाहाल निर्देशित फिल्म ‘रानी’ बाट अभिनय यात्रा सुरु गरेका सारुक पछिल्लो समय ‘ह्यासट्याग माया’को सुटिङ गरिरहेका थिए । मृत भेटिएको दिन पनि उनी सुटिङबाटै फर्किएका थिए । उनी अभिनित फिल्म ‘लण्डन टु पेरिस’ प्रदर्शनमा आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गर्मी बढेसँगै धरहरा चढ्ने समय बढ्यो
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते