शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

बलिउडका ४ फिल्म : हलमा फ्लप, टीभीमा हिट

सोमबार, ०१ साउन २०८०, १२ : ०२
सोमबार, ०१ साउन २०८०

मुम्बई । बलिउडमा धेरै फिल्म बन्छन् । जो दर्शकले रुचाउने गरेका पनि छन् । केही फिल्म यस्ता निर्माण भएको छ । जो सार्वजनिक प्रदर्शनमा फ्लप सावित भएपनि टीभीबाट प्रसारण हुँदा लोकप्रिय पनि भएका छन् । ती मध्येका ४ फिल्म, जसको चर्चा यहाँ गर्न खोजिएको छ ।

अन्दाज अपना अपना :
सलमान र आमिर खानको मुख्य भूमिका रहेको फिल्म हो ‘अन्दाज अपना अपना’ । फिल्म अहिले पनि टीभी र डिजिटल प्लेटफर्ममा अत्याधिक हेरिन्छ । बलिउडको सबैभन्दा राम्रो कमेडी फिल्ममा यसको नाम पनि आउँछ । फिल्म सार्वजनिक प्रदर्शनमा फ्लप सावित भएपनि टेलिभिजनमा भने दर्शकले अत्यधिक रुचाएका थिए ।

सूर्यवंशम :
अमिताभ बच्चन अभिनित ‘सूर्यवंशम’ पनि फ्लप फिल्मको सूचीमा छ । तर यो फिल्म हेर्ने दर्शक अत्याधिक छ । फिल्म हलमा भन्दा पनि टीभीमा धेरैले हेरेका छन् ।

रहना है तेरे दिल में :
फिल्म मार्फत आर माधवनले बलिउड उद्योगमा कदम राखेका थिए । फिल्मको गीतहरु निकै लोकप्रिय छन् । फिल्मले हलमा खासै कमाल देखाउन सकेन । टेलिभिजनमा रिलिज पछि भने फिल्मले चर्चा निकै पायो । आज पनि यो फिल्म सानो पर्दामा धेरै हेरिन्छ ।

नायक : 
अनिल कपुर अभिनित फिल्म नायक मानिसहरुमा निकै लोकप्रिय छ । फिल्मको निर्देशन शंकरले गरेका हुन् । फिल्म राजनीतिक विषयमा बनेको छ । फिल्म सार्वजनिक प्रदर्शनमा बक्स अफिसमा फ्लप सावित भएको थियो । टीभीमा रिलिज भएपछि फिल्म अत्याधिक रुचाइयो । अहिले पनि यो फिल्म धेरै हेर्ने गरिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप