भक्तपुरको चाँगुनारायणमा एभोकाडो सिटी अभियान
_yeE1ytagm0.jpg)
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा चाँगुनारायण सिटी र एभोकाडो सिटी अभियान शुरु भएको छ । आइतवार एक औपचारिक कार्यक्रमका बीच सो अभियानको शुभारम्भ भएको हो ।
सो अभियानमा चाँगुनारायण नगरभित्र प्रत्येक घरपरिवारलाई एभोकाडो फलको बिरुवा लगाउन प्रेरित गर्ने र प्रतिघर २ वटा बिरुवा समेत निःशुल्क प्रदान गर्ने लक्ष्य लिइएको अभियानका संयोजक नरेश खड्काले जानकारी दिए छन् । ‘यस अभियानलाई ३ वर्षसम्म सञ्चालन गरी चाँगुनारायण सिटीलाई एभोकाडो सिटीको पहिचान दिने हाम्रो प्रयास रहनेछ’ संयोजक खड्काले भने ।
सो अभियानको परिकल्पना र नेतृत्व भने बागमती प्रदेशका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले गरेका छन्। सो अभियानका मुख्य संरक्षक समेत रहेका ढकालले आफू चाँगुनारायणवासी पनि भएको भन्दै अभियान सबै स्थानीयको सहभागिता र पहुँचमा सञ्चालन हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा चाँगुनारायण क्षेत्रबाट निर्वाचित बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले आफूले सोच्दै आएको कुरा कार्यान्वयन गरी ढकालले अभियानकै रुपमा सञ्चालन गरेको बताउँदै अभियानमा आफ्नो पूर्ण साथ र सहयोग रहने बताए ।
प्रदेशसभा सदस्य भुवनकेशरी श्रेष्ठ भावनाले जनस्तरमा सञ्चालन भएको यो अभियानको सफलताको शुभकामना व्यक्त गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि जनताले चलाउने अभियानले देश विकासमा टेवा पुग्ने विचार व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने
-
बैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ विजयी
-
आजदेखि फेवा महोत्सव, होटलमा पाहुनालाई २० प्रतिशतसम्म छुट
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
वैशाख अन्तिममा जुम्ला-रारा अल्ट्रा म्याराथन
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन