हेटौँडा अस्पतालमा थपियो २ वटा डाइलासिस मेसिन

हेटौँडा । हेटौँडा अस्पतालमा सोमबारबाट दुई वटा डाइलासिस मेसिन थप गरिएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेर सञ्चालनमा रहेको हेटौँडा अस्पतालमा २ वटा डाइलासिस मेसिन थप भएको हो ।
आरोग्य फाउण्डेसनले हेटौँडा ११ मा रहेको चुरेहील अस्पतालमा सञ्चालन गरेको डायलासिस सेवा बन्द भएपछि हेटौँडा उपमहानगरपालिकाको पहलमा ती मेसिन हेटौँडा अस्पतालमा ल्याइएको हो ।
मिर्गौलाका बिरामीहरूलाई दिँदै आएको सेवालाई थप प्रभावकारी बनाउनका लागि सो मेसिन प्रभावकारी हुने हेटौँडा अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले जानकारी दिए । उनका अनुसार हेटौँडा अस्पतालमा हाल हप्तामा ११० जना मृगौला सम्बन्धी समस्या भएका बिरामीहरूको निःशुल्क डाइलासिस भइरहेको र २ वटा मेसिन थप भयसँगै अझै बढी बिरामीहरूलाई सेवा पुर्याउन सकिने उनको भनाइ छ ।
उपमहानगरको पहलपछि मिर्गौलाका बिरामीले उपचार सेवा हेटौँडामै पाउने अवस्था बनेको हेटौँडा अस्पतालका मेसु डा.सापकोटाले बताए । २ वटा डायलिसिस मेसिन थपिएसँगै अब हेटौँडा अस्पतालमा मेसिनको सङ्ख्या १४ पुगेको र एउटा मेसिन बिग्रिएर मर्मतको काम भइरहेकोले १३ वटा मेसिनबाट मात्रै सेवा दिन सकिने उनले बताए । हेटौँडामा डाइलिसिस सेवा लिनका लागि थप ४५ जना बिरामी पर्खाइमा रहेको उनको भनाइ छ ।
अस्पतालमा रहेका बिरामीहरूको पहुँचमा डाइलासिस सेवा प¥याउने उद्देश्य अनुसार हेटौँडा उपमहानगरपालिकाको पहलमा सो चुरेहिल अस्पतालबाट मेसिनहरू स्थानान्तरण गरिएको मेयर मिना लामाले जानकार दिइन् । मेसिन बन्द रहँदा चुरेहिलमा उपचार लिँदै आएका बिरामीहरू सेवाबाट वञ्चित हुनुपर्ने र सेवा लिनका लागि बाहिरी जिल्ला जानुपर्ने भएपछि ती मेसिनलाई हेटौँडा अस्पतालमा ल्याइएको मेयर लामाले बताइन् ।
‘चुरेहील अस्पतालमा डाइलासिस सेवा बन्द भएपछि उपमहानगरको पहलमा मेसिनलाई हेटौँडा अस्पतालमा ल्याइएको हो । सो मेसिन हेटौँडा अस्पतालमा स्थानान्तरण गरेसँगै अस्पतालले दिँदै आएको डाइलासिस सेवालाई थप विरामीहरुको पहुँचमा पुग्ने छ । फाउण्डेसनसँग कै सहकार्यमा सोमबारबाट हेटौँडा अस्पतालमा थप दुई वटा मेसिनबाट सेवा दिन सुरुवात भएको हो,’ उनले भनिन् ।
हेटौँडा अस्पतालमा मेसिन थप हुँदा सेवाको बिस्तारसँगै सेवाग्राहीको चापलाई सहजता प्रदान गर्ने उनले बताइन् । डाइलासिस सेवाका लागि हेटौँडा अस्पतालबाट बाहिरी जिल्ला जानुपर्ने बाध्यता हट्ने भएकाले हामीले फाउन्डेसनका पदाधिकारीहरूसँग छलफल गरेर मेसिन स्थानान्तरण गरिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलीको शतक, पाकिस्तान पराजित
-
नयाँ बसपार्कबाट खैरो हेरोइन सहित भारतीय दम्पती पक्राउ
-
१० बजे १० समाचार : प्रधानमन्त्रीको राजीनामा मागदेखि नयाँ सुरक्षा चुनौतीबारे रणनीतिमा सेनासम्म
-
काठमाडौँ महानगरका मेयर र उपमेयरसँगको छलफलपछि प्रधानाध्यापकहरू उत्साहित
-
अमेरिकाबाट ‘डिपोर्ट’ भएका १२ भारतीय बोकेर दिल्ली आइपुग्यो विमान
-
३३७२ जोर जुत्ता भन्सार छलेर ल्याएको आरोपमा तीन जनाविरुद्ध १० करोडको मुद्दा