आजदेखि हवाई भाडामा कर लाग्ने, यस्तो छ व्यवस्था
सोमबार, ०१ साउन २०८०, ०६ : ४२

काठमाडौं । सोमबारदेखि हवाई भाडामा भ्याट समायोजन हुने भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले एक विज्ञप्ति जारी गर्दै साउन १ गतेदेखि सम्पूर्ण हवाई सेवामा भ्याट कार्यान्वयनमा लगिने जनाएको हो ।
सरकारले आर्थिक विधेयक (बजेट) मार्फत पहिलो पटक हवाई भाडामा भ्याट लगाउने निर्णय गरेको थियो । हवाई सेवालाई भ्याटमा लैजाने सरकारको निर्णय विरुद्ध विभिन्न टिकाटिप्पणी भएपनि अन्ततः हवाई सेवा सञ्चालकहरु मूल्य अभिवृद्धि कर (भ्याट) मा जान बाध्य भएका हुन् । नयाँ आर्थिक वर्ष शुरु भएसँगै सोमबारदेखि नै भ्याट कार्यान्वयनमा जाने र सो भ्याट भाडामा समायोजन गरिने संघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विधेयक पारित गरेर प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित
-
१५ अङ्कले घट्याे नेप्से परिसूचक, सात अर्ब ५७ करोडको कारोबार
-
३० हजार घुस लिएको आरोपमा सई खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फालेका सिंहको उपचारका क्रममा मृत्यु
-
साना तथा मझौला उद्योगको आईपीओमा किन परेन आवेदन ?
-
वर्तमान शासन व्यवस्थाको विकल्प छैन : प्रचण्ड