वाग्नर समूहमा नेपाली युवाहरु भर्ती

काठमाडौँ । भारतले गोर्खा भर्तीमा रोक लगाएको झोकमा नेपाली युवा रुसी निजी सेना वाग्नर समूहमा भर्ती भएको बेलायतबाट प्रकाशित द टेलिग्राफ पत्रिकाले लेखेको छ । वाग्नर समूहमा भर्ना भएका नेपालीले बेलारूस र रुसका विभिन्न सैन्य क्याम्पमा भइरहेका तालिममा सहभागिता जनाएको सैन्य मेसमा खाना खाइरहेको, युक्रेनमा युद्ध गर्दाताका आइपर्ने खतराहरूबारे छलफल गरिरहेको भिडियोमा देख्न सकिने समाचारमा जनाइएको छ ।
नेपालीहरू युक्रेनविरुद्ध लड्न गएको घटनाले नेपाल सरकारलाई अप्ठेरोसमेत परेको पत्रिकाको दाबी छ । वाग्नर समूहमा भर्ती हुनका लागि २२ वर्षीय कमल आचार्य गत अप्रिलमा नेपालको चिसापानी गाउँबाट मस्को पुगेका थिए । उनले खिचेको एउटा तस्बिरमा रुसी सेनाले प्रयोग गर्ने राइफल बोकेको देखिन्छ । यस्तै आचार्यका एकजना साथी उमेश शाहीले रुसले युक्रेनविरुद्ध भिड्न राम्रो तलब दिइरहेका कारण वाग्नरमा भर्ती भएको बताएका छन् । उनले लडाइँमा जानु खतरा भए पनि पैसाले लोभ्याएको बताएका छन् । रुसका विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका नेपाली युवा (गोर्खा) हरूसमेत रुसी सेनामा भर्ती भएको पत्रिकाको दाबी छ । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रन्टको अलराउण्ड प्रदर्शन, दिल्लीलाई उछिन्यो मुम्बईले
-
अनुशासन समितिले निर्णय नगर्दा कांग्रेसको क्रियाशील सदस्यता नवीकरण प्रभावित
-
लन्डन दूतावासमा आयोजित सेना दिवसमा पहिलोपल्ट ब्रिटिस सेनापति
-
असममा ५.० रेक्टर स्केलको भूकम्प
-
रारा ताल किनारको डाँफे होटलमा आगलागी, जलेर पूर्णरुपमा नष्ट
-
मगर भाषालाई कामकाजी भाषा रूपमा लिनुपर्छ : सभामुख घर्ती मगर