मिटरब्याजी विरुद्धको विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित

काठमाडौँ . मिटरब्याजी विरुद्धको विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकले ‘मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ सर्वसम्मतिले पारित भएको हो ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा उत्पत्ति भएको सो विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख देवराज घिमिरेले निर्णयार्थ पेश गर्दा सर्वसम्मतिले विधेयक पारित भएको हो ।
खास गरी तराईका क्षेत्रमा मिटरब्याजीबाट पीडित बन्नेहरूको सङ्ख्या बढ्दै गई मिटरब्याजले समस्या सिर्जना गरेकोले सरकारले कानुन बनाउने प्रक्रिया स्वरूप मुलुकी संहितामा सरकारले संशोधन गर्ने गृहकार्य थालेको थियो ।
अनुचित आर्थिक लेनदेनको कार्यलाई फौजदारी कसुर कायम गरी सजायको व्यवस्था गर्न र घरसारमा हुने लेनदेन सम्बन्धी व्यवहारलाई व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यका साथ सरकारले गत वैशाख २० गते अध्यादेश ल्याएको थियो ।
मुलुकी देवानी संहिता, २०७४ मुलुकी देवानी कार्यविधि संहिता, २०७४, मुलुकी अपराध संहिता, २०७४ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्न जारी भएको उक्त अध्यादेश प्रतिनिधि सभाबाट गत वैशाख २७ गते र राष्ट्रिय सभाबाट गत जेठ ५ गते स्वीकृत भएको थियो । संघीय संसद्को दुवै सदनबाट स्वीकृत भएको उक्त अध्यादेशले गरेको व्यवस्थालाई निरन्तरता दिन सरकारले अध्यादेश प्रतिस्थापन गर्न मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक अघि बढाएको थियो । यो विधेयक पारित भएसँगै मिटरब्याज कानुनी प्रक्रियाभित्र आएको छ । मिटरब्याज पीडितहरूले लामो समयदेखि माइतीघर मण्डलामा मिटरब्याजको पासो रोक्ने कानुन बनाउन निरन्तर रूपमा आन्दोलन र सरकारलाई खबरदारी गर्दै आइरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेपालमा पानी जहाज चलाउने कुरामा ठट्टा गरे, अहिले आवश्यक लाग्न थाल्यो’
-
भियतनाममा पनि पोखराकै जस्तो बेलुन विस्फोट, जन्मदिन मनाउँदा भयो यस्तो घटना
-
‘आवश्यक जनशक्ति नहुँदा जयनगर-जनकपुर रेल्वे सेवा घाटामा’
-
देउवाद्वारा सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागमा १० सदस्य मनोनीत
-
भारत, भूटान र माल्दिभ्सका एनसिसी भ्रमण टोली प्रतिनिधि प्रधानमन्त्री भेट्न बालुवाटारमा
-
पूर्वराजा ज्ञानेन्द्रलाई वर्षमानको चेतावनी : तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ