टाइब्रकेरमा नेपालले बंगलादेशलाई ४-२ गोलले हरायो

काठमाडौँ । नेपाली महिला फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा आइतबार बंगलादेशलाई टाइब्रेकरमा ४—२ गोलले हराएको छ । उक्त जितसँगै नेपालले दुई खेलको शृङ्खला पनि आफ्नो पक्षमा पारेको छ । गत शुक्रबार खेलिएको पहिलो खेल १—१ गोलको बराबरीमा सकिएको थियो ।
ढाकाको कमलपुरस्थित विरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि अतिरिक्त समय नखेलाई सिधै हारजितको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।
टाइब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दीपा शाही, अनिता केसीको प्रहारले विपक्षीको जाली चुमेको थियो । अञ्जना रानामगरको प्रहार भने बारमा लागेर बाहिरिएको थियो । बंगलादेशकी साम्सुनार र मोनिका चक्माले गोल गरेकी थिइन् । तर, मारिया मण्डा र सेइली अजिमको प्रहारलाई भने नेपालकी गोलरक्षक अञ्जना रानामगरले बचाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सीतामढीमा नेपाल-भारत सीमा सुरक्षासम्बन्धी संयुक्त बैठक सम्पन्न
-
सरकारले गर्दा जनता आक्रोशित भए : डा.शेखर कोइराला
-
सामसङले ल्यायो नयाँ वर्ष अफर
-
विश्वकप एसिया छनोटका लागि यु-१९ टोली घोषणा
-
बार निर्वाचन : मिश्र श्रेष्ठभन्दा एक हजार १४३ मतले अगाडि, कहिले सकिन्छ मतगणना ?
-
कांग्रेस र कम्युनिस्टको नीतिको कारण देशमा विकास पछि परेको हो : उपेन्द्र यादव