मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

जनकपुरधाममा पहिलो पटक बीएससी एजी पढाइने

आइतबार, ३१ असार २०८०, १९ : ४३
आइतबार, ३१ असार २०८०

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाममा पहिलो पटक बीएससी एजीको अध्ययन–अध्यापन हुने भएको छ । जनकपुरधाम स्थित जनकपुर कम्युनिटी कलेज (जेसीसी)मा बीएससी एजी (ब्याचलर अफ साइन्स (अनर्स) इन एग्रीकल्चरको अध्ययन अध्यापनको अनुमति पाउने मधेस प्रदेशमै पहिलो कलेज हो । पूर्वाञ्चल विश्वविद्यालयको नयाँ पाठ्यक्रमको लागि सम्बन्धन प्राप्त गरेको उक्त कलेजले यसै शैक्षिक सत्रदेखि पठनपाठन सुरु गर्न लागेको प्रिन्सिपल डा. सोहन प्रसाद साहले जानकारी दिएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धन प्राप्त गर्ने क्रममा विश्वविद्यालयको तर्फबाट योजना महाशाखाका प्रमुख डा. कोमल दुलाल र कलेजको तर्फबाट सञ्चालक समूहका अध्यक्ष अमित ठाकुर र सदस्यहरू डा. सोहन प्रसाद साह, सुरुची लाल, अनिल कुमार साह, आशिष कुमार झा र ज्योत्सना क्रान्तिको उपस्थितिमा अनुमति–पत्रमा हस्ताक्षर गर्नुभएको हो । प्रिन्सिपल डा. साहका अनुसार शैक्षिक वर्ष २०८०–८४ का लागि शुरु हुने नयाँ पाठ्यक्रममा भर्नाका लागि ४८ सिट उपलब्ध हुने छन् । साथै पाँच ओटा सिट छात्रवृत्तिमा उपलब्ध गराइनेछ । 

चार वर्षको कार्यक्रममा कृषिका विभिन्न पक्षहरु जस्तै बाली उत्पादन, माटो विज्ञान, बिरुवा रोग विज्ञान, पशुपालन, कृषि व्यवसाय, कृषि अर्थशास्त्र, बायोटेक्नोलोजी लगायतका विषयहरु समेट्ने जानकारी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप