जनप्रशासन क्याम्पसमा कानुन विषय पढाउने शिक्षककै किर्ते सही गरेर रकम हिनामिना

काठमाडौँ । जनप्रशासन क्याम्पसमा लाखौँ रुपैयाँ हिनामिना गरेको घटना बाहिर आएको छ । लेखा शाखाका कर्मचारीहरूले १० लाख रुपैयाँ भन्दा बढीको आर्थिक हिनामिना गरेको पाइएको हो ।
यतिसम्मकी शिक्षकहरूको चेक किर्ते सही गरेर पैसा निकालेको पाइएको हो । कानुन विषय अध्यापन गराउँदै आएका शिक्षक केशव पाण्डेको चेक किर्ते सही गरेर ४ हजार भन्दा बढी रुपैयाँ निकालेको पाइएको हो । त्यो अडिट रिपोर्टपछि मात्रै थाहा पाएको शिक्षक पाण्डेले बताए ।
त्यस्तै सञ्जय घिमिरेको चेक मार्फत १० हजार रुपैयाँ निकालेको पाइएको हो । यसका साथै लेखा शाखाका कर्मचारीहरूले १० लाख रुपैयाँभन्दा बढी हिनामिना गरेको पाइएको हो ।
यो विषयमा क्याम्पस प्रमुखले छानबिन गर्न आन्तरिक समिति गठन गरेका थिए । समितिले रकम हिनामिना भएको ठहर गरेको थियो । त्यसपछि फुल छानबिनका लागि क्याम्पसले त्रिवि रजिस्ट्रारको कार्यालयलाई पत्राचार गरेको थियो ।
रजिस्ट्रारको कार्यालयले १० लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको ठहर गरेको थियो । तर, त्रिविले उक्त प्रतिवेदन भने सार्वजनिक गरेको छैन । उक्त प्रकरणमा एमाले र माओवादी केन्द्र सम्बद्ध अधिकारीहरू मुछिएपछि त्रिविले प्रतिवेदन गोप्य राखेको आरोप छ ।
उक्त रकम हिनामिना गर्नेमा लेखापाल सविना श्रेष्ठ लगायतका लेखा शाखाका कर्मचारीहरू रहेका छन् ।
‘आन्तरिक छानबिनमा मेरो चेक किर्ते सही गरेर पैसा खाएको प्रमाणित भयो । १० हजार भन्दा बढी सही नै नगरी चेक साटेर खाइदियो । दुवै चेक एकै जनाले साटेर खाएको देखियो’ उनले भने ।
रजिस्ट्रारको छानबिनबाट त्यति मात्र नभएर अन्य भ्रष्टाचार गरेको पाइएको थियो ।
क्याम्पस प्रमुख डा. हरिभक्त शाहीले यो विषयमा त्रिविले छानबिन गरिरहेको बताए । आरोप लागेका कर्मचारीहरूले आफूले निलम्बन गर्न नसक्ने भन्दै त्रिविले के कति कारणले निलम्बन नगरेको आफ्नो जानकारीमा नरहेको बताए ।
उक्त विषयमा त्रिविले छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेस गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केबलकार निर्माणको विवादकाबीच धमाधम शौचालय निर्माण
-
महिलाले निरन्तर हाँक्दै सामुदायिक वन
-
ला लिगामा रियाल मड्रिड विजयी, बार्सिलोनासँग अंंक बराबर
-
प्रिमियर लिग : चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेडको पर्यो टक्कर
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा