रुपन्देही ‘पूर्ण खोप दिगोपना सुनिश्चित’ जिल्ला घोषणा
बुटवल । रुपन्देहीलाई‘पूर्ण खोप दिगोपना सुनिश्चित’ जिल्ला घोषणा गरिएको छ । आइतबार जिल्ला खोप समन्वय समिति रुपन्देहीले भैरहवामा आयोजना कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले सो घोषणा गरेका हुन् ।
राष्ट्रिय निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रिया पुरा गरी रुपन्देही जिल्लालाई आर्थिक वर्ष २०७९÷८० मा सबै बालबालिकाहरूलाई १५ महिनाको उमेर भित्रमा पाउनुपर्ने पूर्ण खोप पाएको सुनिश्चित गरिएको हुँदा रुपन्देहीलाई पूर्ण खोप दिगोपना सुनिश्चित भएको जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समिति रुपन्देहीले जनाएको छ । पूर्ण खोप सुनिश्चितताका लागि १६ महिनादेखि ५९ महिनासम्म उमेरको बालबालिकाहरूमा खोप अवस्थाको पहिचान र विश्लेषण गरिन्छ । सुरुमा ४ वटा रोगविरुद्धको खोपबाट सुरु भएको खोप अहिले नेपालमा १३ वटा रोगविरुद्धको खोप सञ्चालन भइरहेको थियो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले विगतको समयमा महामारीको रूपमा आउने सरुवा रोगलाई खोपको माध्यमबाट केही छिटपुट घटनाबाहेक पूर्ण रूपमा अन्त्य गरिएको बताए । मन्त्री खनालले पूर्ण खोप दिगोपना सुनिश्चित भएको जिल्ला घोषणा गर्न खट्ने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका धन्यवादको पात्र भएको बताए ।
उनले महिला स्वास्थ्य स्वयंसेविकालाई राज्यले सेवासुविधा दिन नसकेको कुरा उठ्नु स्वाभाविक भन्दै महिला स्वास्थ्य स्वयंसेविकाको सम्मानका लागि उनीहरु सेवानिवृत भएपछि सम्मान पत्र र रु. ५० हजारका साथ सम्मान गर्ने लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको बताए
जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईंले स्वास्थ्य सबैका लागि भन्ने नारा भए पनि जिल्ला र प्रादेशिक अस्पतालमा पहुँच नभएका व्यक्तिले स्वास्थ्य सेवा, उपचार नपाएको गुनासो आइरहेको त्यसलाई सुधार गर्नुपर्ने बताए ।
स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक डा. विनोद कुमार गिरीले खोपले रोगसँग लड्ने क्षमता प्रदान गर्ने भएकाले नियमित खोप आवश्यक रहेको बताए ।
स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले रुपन्देही जिल्ला २०७३ सालमा पूर्ण खोप जिल्ला पहिलोपटक भएको र त्यसपछिका वर्षहरूमा हरेक वर्ष पूर्ण खोप दिगोपना सुनिश्चितता दिँदै आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेट नयाँ पुस्ताको सपना र गौरव बनेको छ : प्रधानमन्त्री
-
महालक्ष्मी विकास बैंकले देशभरका ७७ स्थानमा घरजग्गा लिलामी गर्दै
-
कास्कीको अन्नपूर्णमा २२ देखि ‘हनि हन्टिङ’ महोत्सव
-
नारायणी अस्पतालको ‘क्याथ ल्याब मेसिन’ बन्यो उपयोगविहीन
-
अपडेट: अन्डरवेयरमा लुकाएको विदेशी मुद्रा बरामद
-
मुक्तिनाथ म्युचुअल फण्डको आईपीओ मंसिर २० गतेदेखि