उच्च शिक्षा ऐन संसदमा ल्याएर छिट्टै पारित हुनुपर्छ: देवेन्द्र पौडेल

काठमाडौँ । नेकपा माओवादीका सांसद एवम् पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले उच्च ऐन संसदमा ल्याएर तत्काल पारित गर्न पहल गर्नुपर्ने बताएका छन् ।
आइतबार संसदमा बोल्दै पौडेलले शिक्षाका ८ ऐन शिक्षा र कानुनमा घुमेको घुम्यै गरेको बताए ।
‘शिक्षा सुधार गर्न उच्च शिक्षा सुधारिनुपर्छ । उच्च शिक्षालाई प्रणालीमा ल्याउन ऐन छिटो अघि बढाउने कुरा नै पहिलो आवश्यकता छ’ पौडेलले भने, ‘विश्वविद्यालय मेडिकल पढाउँछ । प्रतिष्ठानले पनि मेडिकल पढाउँछ । विपि प्रतिष्ठानले मेडिकल पढाइराखेको छ । त्यसैमा चिकित्सा शिक्षा आयोगले आफै परीक्षा लिन्छ’ पौडेलले भने, ‘कहाँबाट परीक्षा दिएर अघि बढ्ने विद्यार्थी गन्जागोलमा फस्छ ? यी सबै विषय ऐन ल्याएर नियमन नगर्दासम्म व्यवस्थापन हुन सक्दैन ।’
त्रिभुवन विश्वविद्यालयका १११ आंगिक क्याम्पस र अरु क्याम्पसहरु समेत धेरै हुँदा राम्रोसँग चल्न नसकेको पौडेलको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङमा चट्याङले ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा क्षति, विद्युत् सेवा पूर्णरूपमा ठप्प
-
डोटीमा चट्याङ लागेर एक महिलाको मृत्यु, सात जना घाइते
-
वर्षाले वायु प्रदूषणमा राहत
-
तस्बिरमा हेर्नुहोस् हिउँदे वर्षाले निथ्रुक्क काठमाडौँ
-
कुवेतविरुद्ध कुशल भुर्तेलको अर्धशतक
-
मणिलेक बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी, सभापतिमा मनोज दत्त ओझा