पेट्रोलियम पदार्थमा स्वचालित प्रणाली लागू
आइतबार, ३१ असार २०८०, १८ : १३

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य स्वचालित प्रणालीबाट तय गर्ने भएको छ । आज बसेको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य स्वचालित प्रणालीबाट तय गरिने भएको हो ।
आयल निगमका प्रबन्ध निर्देशक उमेश प्रसाद थानीले आजदेखि स्वचालित मूल्य लागू भएको जानकारी दिए । यससँगै, निगमले पेट्रोलको परल मूल्यमा २.५ प्रतिशत र डिजेलमा २ प्रतिशत नाफा लिने व्यवस्था गरेको छ ।
यससँगै, आज राती १२ बजेदेखि लागू हुने गरेर डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र पेट्रोलमा ६ रुपैयाँ घटेको छ ।