बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

५ नम्बर प्रदेशसभामा चार वटा संसदीय समिति बन्ने

आइतबार, ०४ चैत २०७४, १६ : ५८
आइतबार, ०४ चैत २०७४

रुपन्देही– प्रदेश नम्बर ५ को प्रदेश सभाले बैठक शुरु भएको डेढ महिनापछि नियमावली पारित गरेको छ । संसदको आइतबार बसेको बैठकले चार वटा संसदीय समिति बनाउने व्यवस्था सहित नियमावली पारित गरेको हो । 
संसदमा बिधायन समिति, सार्वजनिक लेखा समिति, प्रदेश मामिला तथा सामाजिक न्याय समिति र अर्थ तथा विकास समिति बन्नेछन् ।

मस्यौदा निर्माण समितिका सभापति हरिप्रसाद रिजालले आइतबारको प्रदेश सभामा नियमावली मस्यौदा पेश गरेका थिए । 

सभामुख पूर्णबहादुर घर्तीले निणयार्थ पेश गरेको सो मस्यौदा सर्बसहमतिले पारित भएको हो ।

बैठकमा प्रदेश सरकारको आर्थिक कार्यबिधि नियमित तथा व्यस्थित गर्न बनेको बिधेयक समेत पेश भएको छ । भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले उक्त बिधेयक पेश गरेका हुन् । विधेयकमाथि छलफलका लागि चैत आठ गते अर्काे बैठक बोलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप