सभामुखले भाषा नै बुझ्नुभएन : डीपी अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवम् सांसद डीपी अर्यालले सभामुखले भाषा नै नबुझेको बताएका छन् । आइतबार ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’ संसद्मा पेस गर्न सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत नगरेको भन्दै राप्रपा र रास्वपाले संसद् अवरोध गरेपछि अर्यालले भाषा नबुझेको बताएका हुन् ।
‘संसद् चल्नुपर्छ । संसद् चल्ने विषयमा अवरोध गर्दैनौँ । अरू मुद्दाहरू छन् त्यसमा जानुपर्छ’ अर्यालले भने, ‘हामीलाई भाषामा नबुझेर गरेको भन्न सकियो । भाषाका लागि सभामुखले जे भने पनि भयो । यति जटिल विषय संशोधन हुनुपर्यो । पेस गर्नुभन्दा अघि ध्यान दिनुपर्यो ।’ अब कसरी अघि बढ्ने भन्ने विषयमा सल्लाह गरेर अघि बढिने अर्यालले बताए ।
यति महत्त्वपूर्ण विषयमा छलफल हुनुपर्ने अर्यालले बताए । ‘यस्तो विषयमा पेस गर्न हुँदैन । सभामुखज्यूको बुझाई नभएको हो । हाम्रो बुझाई नभएको हो त्यसमा छलफल गरौँला । यस्तो जटिल र महत्त्वपूर्ण महत्त्वपूर्ण विषय यत्तिकै पेस गर्नु भएन । यसलाई संशोधन गरेर ल्याउनु पर्यो भनेको हौँ,’ अर्यालले भने ।