ऋणपत्र जारी गर्न नेपाल एसबीआई बैंकले पायो अनुमति
आइतबार, ३१ असार २०८०, १६ : ४५

काठमाडौँ । नेपाल एसबीआई बैंक लिमिटेडले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले नेपाल एसबीआई बैंकलाई ऋणपत्र जारी गर्ने अनुमति दिएको हो। यो बैंकले अब ‘नेपाल एसबीआई बैंक डिबेन्चर–२०८९’ नामक ऋणपत्र जारी गर्ने छ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ ऋणपत्र बिक्री खुला गर्ने छ। जसमा १२ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी ८ लाख इकाइको सार्वजनिक निष्कासन गरिनेछ।
नेपाल एसबीआई बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्। नेपाल एसबीआई बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लाज शरणम्’ विवादमा अर्जुन घिमिरे : प्रचारको रोकले झन् राम्रो प्रचार भइदियो
-
परराष्ट्रमन्त्री राणा र अजरबैजानका विदेश राज्यमन्त्रीबिच भेटवार्ता
-
अब पढ्न पाइने छैन अस्ट्रेलियाका पूर्वकप्तान इयान च्यापलले लेखेको क्रिकेटसम्बन्धी समाचार र विश्लेषण
-
यस्ता छन् केन्द्रीय कमिटीले पास गरेको १७ बुँदे प्रस्ताव (पूर्णपाठ)
-
छैटौँ दिन पनि नेप्से परिसूचक सामान्य अंकले सुधार, ११ अर्ब बढीको कारोबार
-
नेपालीले आवश्यकताभन्दा ४ गुणा बढी नुन खाइरहेका छन् : महर्जन