बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुंगामा आगलागीका घटना बढे

आइतबार, ०४ चैत २०७४, १६ : २९
आइतबार, ०४ चैत २०७४

ओखलढुंगा–ओखलढुंगामा पछिल्लो केहि दिनयता आगलागीका घटना बढेका छन् । आईतबार दिउँसो मात्रै जिल्ला सदरमुकामसँगै जोडिएको सामुदायिक वनमा आगलागी भएको छ । 
दिउँसो दुईबजेतिर लागेको आगो तीन बजेतिर स्थानीय, प्रहरी र सेनाको टोलीले निभाएका हुन् ।

यसअघि शनिबार सिद्धिचरण नगरपालिका ११ स्थित थामडाँडाक्षेत्रमा लागेको डढेलो स्थानिय नेपाली सेना र प्रहरीको सक्रियतामा आईबार बिहान नियन्त्रणमा लिएका थिए । यतालिखु गाउपालिका १ र २ को सिमानामा रहेको गौरी बन र ठुली बनमा भिषण आगोलागी भएको छ ।

शनिबार बिहानबाट सुरु भएको आगो गाउँ गाउँमा पस्दा स्थिानिय जित बहादुर बोगटीको फुसको छानो भएको घरगोठ जलेर नष्ट भएको छ । बोगटीको गोठमा रहेको ६ वटा बाख्रा,२ वटा पाठापाठी तथा घरभित्र रहेको नगद २ लाख ५० हजार सहित अन्नपात लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बनमा लागेको आगो राती अचानक घरमा सल्किएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक टिका कार्कीले बताए ।

आगो घरछेउमा आउनसाथ मानिसहरु भने भागेका थिए । आगोलागीबाट लगभग ११ लाख बराबरको क्षती भएको प्रहरीको अनुमान छ । अहिले आयो नियन्त्रणमा आएको छ । आगोलागी पिडित परिवार टहरोमा बसीरहेको स्थानियले बताएका छन् । आगो झन्डै दुई दिनपछि आईतबार दिउसो नियन्त्रणमा आएको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप