आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तको एकीकृत कारोवार आरम्भ
काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरी आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आइतबारदेखि एकीकृत कारोबार शुभारम्भ गरेको छ ।
एकीकृत कारेवार पश्चात आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल चुक्ता पुँजी रु.६४,१६,१६,०००, जगेडा कोष रु.२४,९९,६३,८७०, बचत संकलन रु. २,७५,३६,१५,३२०, कुल लगानीमा रहिरहेको कर्जा रु.८,७३,१७,३७,१९०, कुल शाखा कार्यालय संख्या १५६, कुल सदस्य संख्या १,२९,४४२, कुल ऋणी संख्या ७३,६०५, कुल कर्मचारी संख्या ६१२ पुगेको छ ।
शुभारम्भ कार्यक्रम साविक आशा लघुवित्त वित्तीय संस्थाका अध्यक्ष निर्गुण प्रसाद भट्टचनको सभापतित्व तथा संस्थापक अध्यक्ष राम बहादुर पाण्डेको प्रमुख आतिथ्यमा गरियो । उक्त कार्यक्रमको प्रमुख अतिथि पाण्डेले केन्द्रीय कार्यलयमा रिवन काटी पानसमा बत्ती बालेर उद्घाटन गरेका थिएका थिए ।
कार्यक्रममा साविक राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकी कार्यकारी निर्देशक जया लोहनीले स्वागत मन्तव्य व्यक्त गरिन् ।
यस्तै शुभारम्भ कार्यक्रमा अतिथिहरु रमेश सिंह खड्का तथा शंकर प्रसाद कालिकोटाले मन्तव्य व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको चीन भ्रमण प्रस्ताव अर्को मन्त्रिपरिषद् बैठकमा
-
प्रहरी ऐन छलफलका लागि विधायन समितिमा पठाउने निर्णय
-
रवि लामिछानेलाई भोलि काठमाडौँ ल्याउने तयारी
-
परराष्ट्रमन्त्रीको राणाको चीन भ्रमण स्वीकृत
-
कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
-
सूर्य नेपाल सेन्ट्रल ओपन : तोरण विक्रम शाही शीर्षस्थानमा