बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मिनेन्द्र रिजालले भने: ओली र प्रचण्डले डण्डा बर्साएर प्रधानन्यायाधीसलाई पदमुक्त गरे

आइतबार, ०४ चैत २०७४, १६ : २४
आइतबार, ०४ चैत २०७४

काठमाडौं -प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारले अदालतमाथि धम्कीको भाषा बोल्ने गरेको आरोप लगाएका छन् । 

नेता रिजालले प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डण्डा बर्साएर प्रधानन्यायाधीस गोपालप्रसाद पराजुलीलाई पदमुक्त गराएको भन्दै आक्रोश गरे ।

उनले २ तिहाई बढि मतको बलमा सरकारले बल मिचाई गर्न नपाउने पनि स्पष्ट पारे । 

आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता रिजालले सत्तारुढ दलहरुले सत्तामा बसेर अदालतमाथि धम्कीको भाषा बोल्ने गरेको भन्दै अव त्यसो हुन नदिइने चेतावनी समेत दिए । 

काँग्रेस नेता रिजालले सत्ताको आडमा थिचोमिचोको राजनीति गर्ने अधिकार लोकतन्त्रमा कसैलाई पनि नहुने तर्क समेत गरे । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप