पाँच वर्षभित्र सरकारले चमत्कार गर्छ, काठमाडौँमा रेल गुड्छ: मन्त्री महासेठ
काठमाडौ–भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठले चुनावका लागि बनाइएको साझा घोषणापत्रमा उल्लेख गरिएका सबै काम पाँच वर्षभित्र सम्पन्न गर्ने दाबी गरेका छन् ।
आइतबार काठमाडौमा भएको साक्षत्कारमा मन्त्री महासेठले अहिलेको सरकारलाई काम नगर्नका लागि कुनै पनि बहाना नभएकाले पाँच वर्षभित्रमा लक्षित योजनाहरु सम्पन्न गरेरै छाड्ने बताए ।
आर्थिक समृद्धि र भौतिक पूर्वाधार विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओली प्रतिवद्ध रहेको उल्लेख गर्दै उनले एकै वर्षमा चमत्कार गर्न नसकिए पनि पाँच वर्षभित्रमा चमत्कार गरेर देखाउने बताए ।
मन्त्री महासेठले पाँच वर्षभित्रमा काठमाडौमा रेलमार्ग निर्माण हुने दाबी समेत गरे । महासेठले केही दिनभित्र नै काठमाडौ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर उप–महानगरपालिका, सडक विभाग, रेल विभाग, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाबीच विशेष छलफल गरेर उपत्यकाको सडक र सवारी व्यवस्थापनका लागि योजना बनाइने स्पष्ट पारे ।
ईच्छाशक्ति भए जस्तोसुकै काम पनि गर्न सकिने उनको भनाई छ । ‘सिङ्गापुर, मलेसिया र साइप्रस विकास हुन सक्छ भने नेपाल किन सक्दैन । ईच्छाशक्ति भएपछि सबै सकिन्छ । पाँच वर्षभित्रमा उपत्यकामा रेल गुड्छ ढुक्क हुनुस् ।’ महासेठले दावी गरे । उनले भने ‘थाई एयरवेज र नेपाल वायुसेवा निगम एउटै वर्ष स्थापना भएको हो । थाइ एयरवेज आज कहाँ पुगिसक्यो । नेपाल वायुसेवा निगम कहाँ छ ? ईच्छाशक्तिका कारण हो ।’
विगतमा काम भएन भनेर अहिलेको सरकारलाई तुलना नगर्न उनले आग्रह गरे । “विगतलाई बिर्सौँ । अहिले हाम्रा राजनेताहरुमा ईच्छाशक्ति छ । प्रधानमन्त्री ओलीले विकास निर्माणसँग सम्बन्धित सबै मन्त्रालयको सोझै निगरानी गरिरहनुभएको छ ।”
अघिल्लो सरकारले देशको अर्थतन्त्र लथालिङ्ग पारेर छोडेको आरोप लगाउँदै उनले आफूहरु उच्च मनोबलका साथ काम गरेर सबै समस्या हल गर्ने बताए ।
फरक प्रसङ्गमा महासेठले संघीय समाजवादी फोरम नेपाल र राजपा छिट्टै सरकारमा सहभागी हुने दाबी गरे । ‘फोरम र राजपा सरकारमा आउँछन्, ढुक्क हुनुस् । फोरम २ दिनभित्रमा आउँछ । राजपा पनि केही दिनमा आउँछ ।’ उनले भने ।
राजपालाई सरकारमा ल्याउनका लागि कैलाली घट्नाका योजनाकार रेशमलाल चौधरीलाई छुट दिन खोजिएको हो भन्ने पत्रकारको प्रश्नमा उनले वर्तमान सरकारले कानुनविपरित गएर कुनै पनि काम नगर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल