बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकद्वारा हकुना माटाटालाई  आर्थिक सहयोग  प्रदान

आइतबार, ०४ चैत २०७४, १६ : १७
आइतबार, ०४ चैत २०७४

काठमाडौं– ‘ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एच .आई भी संक्रमित बालबालिकालाई लालनपालन,स्वास्थ्य उपचार,शिक्षा,मनोरंजन प्रदान गर्दै आएको “साथ” नामक गैर सरकारी संस्थाको  हकुना माटाटा परियोजनालाई  रू एक लाखको  आर्थिक सहयोग गरेको छ ।
  हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउदै आएकोमा बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण  गरेको हो । 
एक कार्यक्रमबीच बैंकका  प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको समुपस्थितिमा रू एक लाखको चेक संस्थाका संचालक क्रिस्टिमा  कार्कीलाई  लाई हस्तान्तरण गरिएको छ । हकुना माटाटा परियोजनाले काठमाडौँमा ३० र पोखरामा १० गरी जम्मा ४० जना एच .आई भी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका संचालक क्रिस्टिमा कार्कीले जानकारी दिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप