दक्षिण कोरियामा भीषण बाढी : ज्यान गुमाउनेको संख्या तेत्तीस पुग्यो

सोल । दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु भएको छ भने अन्य १० जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार उत्तरी ग्याङसङ प्रान्त र मध्य चुङचेङ प्रान्तमा उनीहरूको मृत्यु भएको हो ।
पछिल्ला दिनमा लगातार परेको वर्षाले देशभरका अधिकांश भूभाग डुबानमा परेका छन् । गत साता ५०० मिलिमिटरभन्दा बढी वर्षा भएको अभिलेख गरिएका प्रदेशहरूमा भारी वर्षाको चेतावनी जारी गरिएको थियो ।
उत्तरी ग्योङसाङ प्रान्तमा दश जना बेपत्ता छन् । बाढी, घर भत्किँदा र पहिरोमा परेर मुलुकभर ज्यान गुमाउनेको सङ्ख्या बढेको छ । मध्य शहर ओसोङमा बाढीले बगाएको भूमिगत सुरुङमा फसेका सवारीसाधनबाट गत राति सातवटा शव निकालिएको थियो ।
अविरल वर्षाबाट प्रभावित १३ वटा शहरका सात हजार आठ सय६६ जनालाई विस्थापित भएका छन् । सार्वजनिक सुविधाहरूको क्षतिको सङ्ख्या एक सय ४९ पुगेको छ । सडक भत्किएका छन्भने सवारी साधन बगेका छन् जताततै बाढीको विनाशमात्र दृष्टिगोचर हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वसन्त’ को प्रचारमा किन लुकाइयो राजेश, करिश्मा लगायतका चर्चित कलाकार ?
-
सिनामंगलबाट लाखौँको धनमाल चोरी
-
वार्तामार्फत आन्दोलनरत शिक्षकका माग सम्बोधन गरिनुपर्छ : उपेन्द्र यादव
-
महिला संघमा चर्कियो विवादः माग पूरा नभए राजीनामा दिने २० केन्द्रीय सदस्यको चेतावनी
-
तयारी प्रभावकारी भयो, हङकङमा राम्रो क्रिकेट खेल्छौँ : रोहित
-
रोल्पा र डोटीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु