मेनपावर व्यवसायीले गरे अध्यागमन विभाग घेराउ, डिजीको राजीनामा माग
_ywzN4asVBm.jpg)
काठमाडौँ । वैदेशिक रोजगारीमा जान लागेका श्रमिकहरूलाई रोकेको भन्दै मेनपावर व्यवसायीले अध्यागमन विभाग घेराउ गरेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा व्यवसायीहरूले विभाग घेराउ गर्दै प्रदशन गरेका हुन् । उनीहरूले अध्यागमन विभागका महानिर्देशकको राजीनामा समेत माग गरेका छन् ।
२–३ सयको हाराहारीमा रहेका व्यवसायीहरूले विभाग कार्यालयमा विरोध प्रदशन गर्नुका नाराबाजी गरेका हुन् । संघका महासचिव मेघनाथ भुर्तेलले विना कारण श्रमिकलाई रोक्ने डिजीले राजीनामा दिनुपर्ने बताए। वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका ११७ जना श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले रोक लगाएको थियो ।
कागजात शंकाष्पद रहेको कारण देखाउँदै अध्यागमनले रोकेको थियो । तर, व्यवसायीहरूले भने भिसा, श्रम स्वीकृत, हवाई टिकट लगायतका सबै कागजात हुँदा पनि अध्यागमनले रोकेको आरोप लगाउँदै आएका छन् ।
वैदेशिक रोजगार ऎन २०६४ अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरि सस्थागत रुपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेकाहरूलाई अध्यागमनले रोक्दै आएको महासचिव भुर्तेलले बताए । बिनाकारण कामदारहरु फर्काइरहेकोले व्यवसाय गर्न समस्या भएको उनको भनाई छ । अध्यागमन कार्यालयका महानिर्देशकले ज्यादती गर्दै आएको भन्दै उनको राजीनामा माग गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धवलशमशेरलाई हाजिर जमानीमा छाडियो
-
छानबिन समितिले सुरु गर्यो आनन्दी सदाय मृत्यु प्रकरणमा अनुसन्धान
-
शिक्षक आन्दोलनका कारण परीक्षा स्थगित
-
बोक्चेगौडा सडक चार दिनमा खुला गरिने
-
कृष्णभिरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारबाट पक्राउ परेका राप्रपा नेता रिहा, देउवा किन जाँदैछन् थाइल्याण्ड ?