काठमाडौँ । रकम फिर्ता माग गर्दै सहकारी पीडित बचतकर्ता महासङ्घ सङ्घर्ष समिति नेपालले आज माइतीघर देखि बानेश्वरसम्म विशाल प्रदर्शन गरेको छ ।
आइतबार बिहानदेखि नै प्रदर्शन गरिरहेका उनीहरूमध्ये पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आफूहरूले बचत गरेको रकमको व्याज, बोनस मात्र नभएर मूलधन नै जोखिममा परेको भन्दै सहकारी लगानीकर्ताहरू ४५ दिनदेखि माइतीघरमा आएर विभिन्न विरोधका कार्यक्रमहरू गरिरहेका छन्।
प्रतिक्रिया