शुल्क वृद्धिमा अखिल क्रान्तिकारीले जनायो विरोध
आइतबार, ३१ असार २०८०, १० : ४७

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले शैक्षिक शुल्क वृद्धिको विरोध जनाएको छ । प्राविधिक शिक्षा, तथा व्यावसायिक तालिम परिषद्को स्तर निर्धारण तथा सम्बन्धन महाशाखाले शुल्क समायोजन गरेकोमा अखिल क्रान्तिकारीले आपत्ति जनाएको हो ।
अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंहले आइतबार एक विज्ञप्ति जारी गर्दै शुल्क वृद्धि फिर्ता लिन आग्रह गरेकी छन् ।
अभिभावक र विद्यार्थीको ढाड सेक्ने गरी निजी संस्थाहरूको साँठगाँठमा पीसिएल नर्सिङमा ३१ प्रतिशत, एचएमा २१ प्रतिशत, डिप्लोमा फार्मेसीमा २५ प्रतिशत शुल्क वृद्धि फिर्ता लिई पुरानै शुल्कमा पठनपाठन गर्न माग गरिएको छ । यदि शुल्क वृद्धि फिर्ता नलिए सङ्घर्षका कार्यक्रम ल्याउने सिंहले चेतावनी दिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सुझाएका विषयहरू सरकारले चरणबद्ध कार्यान्वयन गर्छ: अर्थमन्त्री
-
दुर्गा प्रसाईँलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याइँदै
-
बुटवलमा आज एमालेको जागरणसभा, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्वोधन गर्ने
-
जसपा नेपाल रौतहटको अध्यक्षमा राजीव रञ्जन विजयी
-
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन सरकारलाई हस्तान्तरण
-
अख्तियारलाई हर्क साम्पाङको जवाफ : एनसेल-वाइडबडीतिर नलागेर श्रमदानको खेदो नखन्नु