रौतहटमा करेन्ट लागेर एक वृद्धको मृत्यु
शनिबार, ३० असार २०८०, २२ : २१

रौतहट । रौतहटको परोहा नगरपालिकामा विद्युतीय करेन्ट लागेर एक वृद्धकाे मृत्यु भएको छ । वडा नम्बर ४ लौकाहाका ७३ वषीय शेख तैयवको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै धान खेतमा विद्युतीय मोटरबाट पानी सिञ्चाई गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।
करेन्ट लागेर धानखेतमै छटपटिएर तैयवको मृत्यु भएको स्थानीयहरुले बताएका छन् । मृतक तैयर नगरप्रमुख शेख वकिलका ठूलो दाजु हुन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी उमाशंकरप्रसाद यादवले करेन्ट लागेर तैयवको मृत्यु भएको पुष्टि गरेका छन्।
मृतक तैयवको आइतवार बिहान ९ बजे मुस्लिम रितीरिवाजअनुसार अन्तिम संस्कार गरिने उनको परिवारले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङको हलेसीमा रामनवमी मेला
-
बुण्डेस लिगामा लिभरकुजेनले बायर्नसँग घटायो अंक दुरी
-
स्पेनिस ला लिगामा रियाल मड्रिड हार्यो, उपाधि यात्रामा बार्सिलोनालाई राहत
-
आर्सनल र नटिङघम कमजोर, लिभरपुलले प्रिमियर लिगको उपाधि सजिलै कब्जा गर्ने सम्भावना
-
१२ बजे, १२ समाचार : थाइल्यान्डको भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्तादेखि रविको पक्राउपछि रास्वपाले जनता सम्झियोसम्म
-
पर्यटन प्रवर्द्धनका लागि देम्बाडाँडामा ‘गल्फ महोत्सव’ हुने