कांग्रेस नेता निधिलाई राजस्थानको संगम विश्वविद्यालयद्वारा अभिनन्दन

राजस्थान । भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई राजस्थानको संगम विश्वविद्यालयले अभिनन्दन गरेको छ। विश्वविद्यालयमा शनिबार आयोजित कार्यक्रममा नेता निधिको अभिनन्दन गरिएको हो।
सो विश्वविद्यालयमा नेपालका एकसय भन्दा बढी छात्रछात्रा अध्ययनरत छन्। अभिनन्दन कार्यक्रममा नेता निधिले नेपाली विद्यार्थीहरुसँग भेटेर शैक्षिक अवस्थाका बारेमा जानकारी लिएका थिए । यो विश्वविद्यालयले हालैमात्र नेपालको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्रबाट सम्बन्धन समेत पाएको छ। नेता निधिले यस्तो सम्बन्धले नेपाल भारत सम्बन्धलाई आगामी दिनमा थप बलियो बनाउने विश्वास व्यक्त गरे।
विश्वविद्यालयका उपकुलपति प्रा.करुणेश सक्सेना, रजिष्टार प्रा.राजीव मेहता, संगम इण्डिया लिमिटेडका म्यानेजिङ डाइरेक्टर डा.एस एन मोदानीले नेता निधिको स्वागत गरेका थिए। त्यस अवसरमा डा.मोदानीले संगम विश्वविद्यालयले २० वर्षमा गरेका शैक्षिक उपलब्धीबारे जानकारी गराएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म