लुम्बिनी प्रदेशसभामा दुई विधेयक पेश

बुटवल । लुम्बिनी प्रदेशसभामा दुई विधेयक पेश भएका छन् भने एक विधेयक फिर्ता भएको छ ।आज बसेको प्रदेशसभा बैठकमा निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री सन्तोष पाण्डेयले पेश गरेका छन् ।
त्यस्तै स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा नवीकरण र स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक पनि सैद्धान्तिक छलफलका लागि पेश गरिएको छ । उक्त विधेयकमा सांसदहरू लोकीकुमारी विक, भगवती अधिकारी, विष्णु पन्थी, राजकुमार चौधरी, निमा गिरीले विधेयकमा समावेश गरिनुपर्ने विषयहरू टिपोट गराएका छन् । सांसदहरुले निजी क्षेत्रलाई कानुन बनाएर स्वास्थ्य क्षेत्रमा स्थान दिनुपर्ने र उनीहरूले दिने सेवा सुविधाका विषयमा बलियो कानुन बनाउनुपर्नेमा जोड दिएका छन् ।
प्रदेशमा रहेका १६ नर्सिङ कलेज बन्द भएको र भारतीय सीमा क्षेत्रमा यसको पढाई भइरहेकाले विशेष सचेत रहनुपर्ने भन्दै उनीहरुले सरकारलाई ध्यानाकर्षण गराएका छन् । यसअघि प्रदेश सरकारले लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गरेको थियो । आन्तरिक मामिला मन्त्री पाण्डेयले उक्त विधेयक फिर्ता गर्ने प्रस्ताव पेश गरेका छन् । अबको दोस्रो अधिवेशनको २० औँ बैठक साउन ८ गते बस्ने सभामुख तुलाराम घर्तिमगरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान
-
सर्लाहीमा रेबिज भ्याक्सिनको चरम अभाव, बिरामीहरू महँगोमा निजी क्लिनिक जान बाध्य
-
वर्षमान र जनार्दनलाई दायाँबायाँ लगाएर मर्निङवाकमा प्रचण्ड
-
आजदेखि माओवादीको तराई–मधेस जनजागरण अभियान ः के–के हुँदैछ ?
-
पाकिस्तानको भविष्य तय गर्ने न्युजिल्याण्ड र बंगलादेशको भिडन्त आज
-
बागमती गोल्डकप : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै