स्वप्निल प्रेमका तरंगहरु
म तिमी हिँड्ने गोरेटो छुनलाई मात्र
मीठो निदलाई त्यागेर
मीठो सपनाको बलिदान दिएर
सूर्यको आगमन भन्दा पहिले पुग्न सक्छु
तिमी हिँडेको गोरेटोलाई छुन ।
म तिमीले पाइला टेकेको धरातल छुनकै लागि
सयौं कठिन यात्रा पूरा गर्ने साहस राख्न सक्छु
म तिमीलाई एक निमेष देख्नको लागि
लाखौं पाइला चाल्ने हिम्मत राख्छु ।
म तिम्रो एक मुस्कान देख्नको लागि
हजारौं पटक रुन अनि रेटिन सक्छु
म तिम्रो एउटा सानो खुसीको लागि
हजारौं पटक छुटिन अनि मेटिन सक्छु
साँच्चै, त्यो धरातल जहाँ मेरो सम्पूर्ण जीवन थियो
म तिम्रो खुशीको लागि एक निमेषमा त्याग्न सक्छु ।
मलाई अझै पनि याद छ तिमी मुस्कुराएको
जुन मुस्कानको सामीप्यता पाउन
म पुनर्जन्म चाहन्छु
म आफ्ना सबै मुस्कानसँग तिम्रो खुशी
साट्न चाहन्छु
तिम्रो एक स्पर्शको निमित्त
लाखौं पटक टुट्न तयार हुन्छु ।
तर, अपशोच
तिमीलाई मेरो निश्चल प्रेमको अनुमान छैन
तिमीलाई मेरो प्रतीक्षा पनि छैन
किनकि म वारी किनारको माझी सरी छु
तिमी पारी किनारको बटुवा ।
यो माझीले अझै आफ्नो जीवनको डुंगामा
धेरै यात्रा तय गर्नु छ
धेरै छालहरु तरेर आफ्नो गन्तव्यमा पुग्नु छ
तिमीलाई प्रश्न नगरी पनि म नतमस्तक छु
तिम्रो प्रेमको समिपमा नै नपुगी
म प्रेमरुपी सागरमा डुबिरहेको छु ।
ओहो, यो निराकार प्रेमको
किन यति ठूलो परिधि
जहाँ छन् जीवन पुरै
रंगाइ दिन सक्ने सपनाका लहरहरु
जहाँ छन् जीवन्त अनगिन्ती मीठा सपनाहरु
जहाँ छन् निस्वार्थ जिजिविषाहरु
जहाँ छन् अदृश्य रोमाञ्चक कल्पनाका तरंगहरू ।
दोलखा, हालः भक्तपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई