मेस्सीलाई उछिन्दै रोनाल्डोले बनाए नयाँ विश्व कीर्तिमान

न्युयोर्क । लियोनेल मेस्सीलाई उछिन्दै क्रिस्टियानो रोनाल्डो विश्वकै सबैभन्दा धेरै आम्दानी गर्ने खेलाडी बनेका छन् । योसँगै उनले नयाँ विश्व कीर्तिमान बनाउन पनि सफल भएका छन् ।
फोर्ब्सको सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा रोनाल्डो शीर्ष स्थानमा पुगेको सन् २०१७ पछि यो पहिलो अवसर हो । सन् २०२३ मा खेलाडीको सर्वाधिक कमाइका लागि उनले गिनिज वर्ल्ड रेकर्ड पनि हासिल गरेका छन् ।
साउदी क्लब अल नासर पुगेका रोनाल्डोले १३.६ करोड डलर आम्दानी गरेका छन् । रोनाल्डोले मैदान र मैदानबाहिर गरेर यो रकम कमाएका हुन् । पोर्चुगिज खेलाडीले क्रमशः ४.६ करोड डलर र ९ करोड डलर आम्दानी गरेका छन् । अल नासरमा उनको तलब दोब्बरले वृद्धि भए पनि उनको आम्दानीको ठुलो हिस्सा नाइकीको स्पोनसरसीप र सीआर सेभेन ब्रान्डको मर्चेन्डाइजबाट प्राप्त गरे ।
सन् २०२२ मा मेस्सीले १३ करोड पाउन्ड कमाउँदै विश्वको सबैभन्दा धेरै आम्दानी गर्ने खेलाडी बनेका थिए । उनी त्यतिबेला पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आबद्ध थिए ।
यस्तो छ २०२३ मा सर्वाधिक कमाइ गर्ने खेलाडीको सूची
१. क्रिस्टियानो रोनाल्डो – १३.६ करोड डलर
२. लियोनेल मेस्सी –१३ करोड डलर
३. किलियान एम्बाप्पे –१२ करोड डलर
४. लिब्रोन जेम्स –११.९५ करोड डलर
५. कानेलो अल्भारेज –११ करोड डलर
६. डस्टिन जोनसन – १०.७ करोड डलर
७. फिल मिकेल्सन – १०.६ करोड डलर
८. स्टेफन करी –१०.०४ करोड डलर
९. रोजर फेडरर –९.५१ करोड डलर
१०. केभिन डुरान्ट – ८.९१ करोड डलर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित
-
प्रदेश सरकार शान्ति सुव्यवस्था कायम गर्ने कुरामा भूमिका विहीन भयो : मन्त्री लामिछाने
-
‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’
-
धुलिखेल नगरद्वारा तालिमपछि आठ सय रोजगार
-
रोकियो वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल सुरु गर्ने तरखर (तस्बिरहरू)
-
सरकार परिवर्तन हुँदैछ भन्ने हल्लामा सत्यता छैन : गृहमन्त्री लेखक