नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुडिँदा आवतजावत बन्द

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–९ दत्तु र भारतको बालुवाकोट जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुडिँदा आवतजावत नगर्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज एक सूचना जारी गर्दै प्राविधिक जाँचपछि मात्रै पुलमाथि आवतजावत गर्न आग्रह गरेको छ । “झोलुङ्गे पुलको भारततर्फ लठ्ठा भाँचिएको छ, पुलको मर्मतपछि मात्र आवागमन गर्न अनुरोध गरेका छौँ”, सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले भने ।
यो नाकाबाट दैनिकरूपमा सयौँ स्थानीय आवातजावत गर्ने गर्दछन् । जिल्लाको महाकाली नगरपालिका, मालिकार्जुन, लेकम गाउँपालिकाका र शैल्यशिखर नगरपालिकाका अधिकांश बासिन्दा दैनिक उपभोग्य सामान किनमेलका लागि झोलुङ्गे पुलबाट भारतको बलुवाकोट जाने गरेका छन् । पुलमाथि आवतजावत बन्द भएपछि स्थानीयवासीलाई दैनिक उपभोग्य समान किन्न समस्या परेको स्थानीय नारद विष्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्तिदूत प्रेम रावत नेपाल आउँदै
-
संविधान विरोधी गतिविधि स्वीकार्य छैन– गृहमन्त्री
-
विश्व सम्पदा दिवस : व्यास सम्पदा संरक्षणका लागि पदयात्रा
-
पत्रकार हुँ भनेर धम्की दिने एकजना पक्राउ
-
चन्द्रागिरिमा घाँटीमा चोट लागेको अवस्थामा भेटिए पुरुष
-
‘हेल्लो काशीराम’ बारे फुलन्देकी आमा – हास्य र व्यङ्ग्यको अनौठो मिश्रण