बागमती गाउँपालिकाद्वारा ६ जना सुकुम्वासीलाई जग्गा धनी पुर्जा वितरण

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकाले ६ जना भूमिहिन सुकुम्बासीलाई जग्गा धनी पुर्जा वितरण गरेको छ । शुक्रबार सम्पन्न पालिकाको दशौं गाउँसभामा बागमती ३ नम्बर वडाका ६ जना भूमिहिन सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको हो ।
जग्गा धनी प्रमाणपुर्जा पाउनेमा वीरबहादुर भोलन, मंगलबहादुर बिक, बुद्धिमान मोक्तान, मंगलीमाया स्याङतान, तेजबहादुर मोक्तान र बलबहादुर भोलन रहेका छन् । विकलाई २४० हेक्टर, तेज बहादुरलाई १ हजार २६४ हेक्टर, विरबहादुरलाई २ हजार हेक्टर, मंगलीमायालाई २ हजार हेक्टर, बुद्धिमानलाई २ हजार हेक्टर र बलबहादुरलाई २ हजार हेक्टर जग्गा वितरण गरिएको बागमती गाउँपालिका–३ का अध्यक्ष कमानसिं पाख्रिनले जानकारी दिए । गाउँपालिका अध्यक्ष सर्केश घलानले उनीहरुलाई जगाधनी पुर्जा वितरण गरेका थिए ।
त्यस्तै गाउँसभामा सरकारी कार्यालय प्रयोजनका लागि जग्गा दान गर्ने २३ दातालाई सम्मान गरिएको छ । कार्यालय प्रयोजनका लागि जग्गा दान गर्नुहुनेमा तुलासा थोकर , डुब्वाङ पाख्रिन् , मानकाजी जिम्बा, आइतेसिं पाख्रिन् , बिजय जिम्बा , कार्शाङ पाख्रिन् , सुवास घिसिङ ,तिलकबहादुर माझी लगायत (२३ दातालाई पालिकाले सम्मान गरिएको हो ।
उनीहरुले पालिकाका वडा भवन र सरकारी संरचना निर्माणका लागि तीन कठ्ठासम्म जग्गा थिए । ती जग्गामा वडा कार्यालय, स्वास्थ्य कार्यालय, स्वास्थ्य खोप केन्द्र निर्माण गरिएको पालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको पसिनाले देश अगाडि बढेको छ : प्रधानमन्त्री
-
श्रमजीवीको संघर्षकै कारण देशमा गणतन्त्रात्मक व्यवस्था कायम भएको हो : प्रचण्ड
-
‘कि जितिन्छ, कि बितिन्छ’ भन्दै सडकमा आएका शिक्षकहरूको उधारो सहमति
-
सुनसरीबाट ७ सय ८३ किलो गाँजासहित दुई जना प्रहरीको नियन्त्रणमा
-
सरकार–शिक्षक सहमति : शिक्षकहरूले निजामती कर्मचारी सरह ग्रेड र रकम पाउने
-
२९ दिने आन्दोलनमार्फत के पाए शिक्षकले ? के भन्छन् महासङ्घ अध्यक्ष सुवेदी ?