शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय
इक्यान निर्वाचन

शैक्षिक परामर्श संघको अध्यक्षमा ४ जनाको उम्मेदवारी, विष्णुहरि र शेषराजबीच कडा प्रतिस्पर्धा

शुक्रबार, २९ असार २०८०, २० : ४५
शुक्रबार, २९ असार २०८०

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को शनिबार निर्वाचन हुँदैछ । त्यसका लागि दुई प्यानलसहित ४ जनाले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

पूर्वअध्यक्ष विष्णुहरि पाण्डे र द्वितीय उपाध्यक्ष शेषराज भट्टराईले प्यानलसहित अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै प्रथम उपाध्यक्ष देवीदास भट्टराई र तृतीय उपाध्यक्ष कृष्णहरि केसीले अध्यक्ष पदका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् ।

प्यानलसहित निर्वाचनमा होमिएका विष्णुहरि र शेषराजबीच नै मुख्यतः कडा प्रतिस्पर्धा हुने इक्यान सदस्यहरूको अनुमान छ ।

१८ सदस्यीय कार्यसमितिका लागि ४४ जनाको उम्मेदवारी परेको छ । तीन उपाध्यक्षका लागि १० जनाको उम्मेदवारी परेको छ । महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष पदका लागि २र२ जना र सचिवमा ५ जनाको उम्मेदवारी परेको छ । सचिव दुई जना रहने व्यवस्था छ । अध्यक्षलगायत ९ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ । इक्यानको ४६७ जना मतदाता छन् ।

bishnu hari pandey panal 

मुख्य प्रतिस्पर्धी देखिएका विष्णुहरि र शेषराज समूहले चुनावी प्रचार प्रसार तीव्र बनाएका छन् । विष्णुहरि प्यानलबाट उपाध्यक्षमा एन्ड्रियु पौडेल (लक्ष्मण), भुवन बहादुर क्षेत्री र प्रकाश श्रेष्ठ उम्मेदवार छन् । त्यस्तै महासचिवमा बासुदेव दाहालको उम्मेदवारी परेको छ । सचिवमा शिवप्रसाद त्रिपाठी र फिलिप डिसी उम्मेदवार बनेका छन् । कोषाध्यक्षमा विनोद कुमार सुवेदी, सहकोषाध्यक्षमा हेमराज सिग्देल उम्मेदवार छन् । त्यस्तै ९ जना कार्यकारी सदस्यका लागिसमेत उम्मेदवारी परेको छ ।

शेषराज प्यानलबाट उपाध्यक्षमा गीता सिवाकोटी, दयाराम थापा, श्रीराम पौडेल उम्मेदवार छन् । महासचिवमा हालकै महासचिव दिपकराज भुसाल दोहोरिएका छन् । त्यस्तै सचिवका लागि भवनाथ हुमागाईँ, रत्न बहादुर भट्टराई उम्मेदवार बनेका छन् । कोषाध्यक्षमा आशिष कार्की, सहकोषाध्यक्षमा विकल्प राज पौडेलले उम्मेदवारी दिएका छन् ।

shesraj bhattrai panal

दुवै प्यानलले छुट्टाछुट्ै एजेण्डा अघि सारेका छन् । मुख्य एजेण्डा भनेको शैक्षिक परामर्शदाताको हक–हितमा काम गर्ने, संस्थागत क्षमता विस्तार गर्ने र प्रस्तावित संघीय शिक्षा ऐनमा शैक्षिक परामर्श क्षेत्रलाई समेट्ने लगायतका छन् ।

विष्णुहरिले तत्काल, मध्यकालीन र दीर्घकालीन गरेर कार्ययोजना अघि सारेका छन् । उनले भिजन २०२५ समेत घोषणा गरेका छन् ।

त्यस्तै अध्यक्षका अर्का उम्मेदवार शेषराजले शैक्षिक परामर्श क्षेत्रको हितका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् । परामर्शदाताको क्षमता अभिवृद्धि गर्नका लागि आफू लागिपर्ने उनको भनाइ छ ।

यस्तै कृष्णहरि र देवीदासले इक्यानभित्रको गुटबन्दी अन्त्य गर्न आफूहरूले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप