कलाकर्मीले भने–फिल्म क्षेत्रको विकाशमा मिडियाको प्रभाव उल्लेखनीय छ
काठमाडौँ । अभिनेत्री केकी अधिकारीले नेपाली फिल्म क्षेत्रमा मिडियाको प्रभाव बलियो रहेको बताइन् । त्यसैले पनि नेपाली फिल्म क्षेत्रका अहिलेका अब्बल निर्देशकहरु पत्रकारिता गर्दै नै आएको उनको धारणा रहेको थियो ।
‘फिल्मको विकासमा मिडियाको प्रभाव बलियो छ । तर, मिडियाले विश्वसनियताको कुरालाई पनि गुमाउन हुँदैन’ उनले भनिन् ‘पाठकमा मिडियाप्रति विश्वास भएन भने त्यसले प्रभाव पार्न सक्दैन ।’
चलचित्र पत्रकार संघ नेपालले शुक्रबार आयोजना गरेको ‘नेपाली चलचित्रमा मिडियाको प्रभाव’ विषयक अन्तरक्रियामा केकीको अलवा चलचित्र विकास बोर्डका सदस्य के.एल बुढाथोकी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नायिका केकी अधिकारी, निर्देशक तथा कलाकार दीपाश्री निरौला, निर्देशक नवल नेपाल र पत्रकार तथा निर्देशक फूलमान बलले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा निर्देशक नवल नेपालले चलचित्र पत्रकार र कलाकारहरु दुवैले एक अर्कालाई जस्तो व्यवहार गर्यो त्यस्तै व्यवहार आफूलाई पनि आउँछ भन्ने बुझ्नुपर्ने बताए । उनले, मिडियाले फिल्म क्षेत्रमा योगदान पुर्याएका पुराना कलाकर्मीहरुलाई पनि संझनुपर्ने आवश्यकता औँल्याएका थिए ।
निर्देशक, अभिनेत्री दीपाश्री निरौलाले अहिले पनि फिल्मीकर्मी र पत्रकारको सम्बन्ध नङ र मासुको जस्तै भएको बताइन् । उनले, अहिले प्रत्येक मानिस नै मिडिया जस्तो भएको भन्दै पत्रकारहरुले गहिराइमा पुगेर समाचार सम्प्रेषण गर्नुपर्ने तर्क गरिन् । उनले, पहिले पहिले आफू अन्तरवार्ता दिन भनेपछि उत्साहित हुने गरेको तर अहिले मिडियाको प्रश्न बन्दुक सोझ्याए जस्तो लाग्न थालेको सुनाइन् । उनले भनिन्, ‘पहिले पहिले कलाकारहरुलाई मिडियाले टिकाउने गर्थे । तर, अहिले बिकाउने गर्छन् । पहिले अन्तरवार्ता आउँदा अरुलाई सुनाउन मन लाग्थ्यो । अहिले लुकाउन मन लाग्छ । यसैले, मिडियाले सत्य तथ्य वुझेर लेखिदिए हामीलाई बाच्न सजिलो हुन्थ्यो ।’
चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले अहिले पूर्वाग्रही ढंगबाट समाचार आउने गरेको भन्दै मिडियाले सत्यतथ्य वुझेर समाचार लेखिदिएको खण्डमा कलाकारहरुले न्याय पाउने तर्क गरे । उनले पेशाकर्मीहरुको परिचय हलबाट एउटा र मिडियाबाट अर्को रुपमा जाने भन्दै मिडियाको प्रभाव नेपाली फिल्ममा सबैभन्दा बढी भएको बताए ।
पत्रकार तथा निर्देशक फूलमान बलले मिडियाकर्मी र फिल्मीकर्मीबिच दुरी परिस्थितिले सिर्जना गरेको बताए । उनले भने,‘फिल्म क्षेत्र आफैमा व्यवसायिक छैन भने मिडिया पनि कसरी व्यवसायिक हुन सक्छ र ? हामी एउटा फिल्म राम्रो बन्यो भन्दैमा फिल्म क्षेत्र नै उभो लाग्यो भन्न सक्दैनौं । यसैले, सबैभन्दा पहिला फिल्म क्षेत्रलाई नै विकास गर्नका लागि सबैले लाग्न आवश्यक छ ।’
निर्देशक बलले अब कुनै पनि कलाकारलाई स्टार बनाउनमा कुनै मिडिया हाउसले भन्दै पनि कुनै एक पत्रकारले सक्ने तर्क गरे । फिल्मीकर्मी र पत्रकारहरुबिच आत्मियता भएकै कारण आज पनि दुरी खासै नबढेको उनको भनाई थियो ।
चलचित्र विकास बोर्डका सदस्य के.एल वुढाथोकीले फिल्म क्षेत्रको विकासमा मिडियाले दबाब सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।
चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय कार्यक्रम उपाध्यक्ष कुवेर गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा मिडियाकर्मी र फिल्मीकर्मीले एक अर्कासँग दुरी बनाएर अगाडि जानै नसक्ने विषयमा अधिकांश वक्ताले भनाई राखेका थिए । चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समिर बलामीले संघले हरेक महिना एउटा विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लाभांश घोषणापछि कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्यमा सर्किट
-
कीर्तिपुरमा स्वतन्त्रमध्ये कसलाई सहयोग गर्ने निर्णयमा पुग्न सकेन रास्वपा
-
यी पाँच औषधिको नियमित सेवन गर्नु हुन्छ ? गुम्ला है स्मरणशक्ति
-
दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइयो
-
सर्वोच्च अदालतको बोर्डमा कालो रङ छ्यापेपछि बिनु यादव पक्राउ
-
बकवास गीत लेख्नु पनि मुस्किलकाे काम हो: जावेद अख्तर