टेबल टेनिस खेलाडीको बिदाइ
काठमाडौँ । चीनमा आयोजना हुने १९ औें एशियाली खेलकुदको तयारी स्वरुप नेपालको टेबलटेनिस खेलाडीले भारतको नोएडामा प्रशिक्षण गर्ने भएका छन् ।
आगामी सेप्टेम्बर २३ देखि चीनको हाङझाउ शहरमा नेपालको २९ खेलमध्ये टेबल टेनिसको टोलीले पनि चुनौती प्रस्तुत गर्दैछन् । सोही एशियाली खेलकुदको तयारीका लागि नेपालको टेबल टेनिस टोलीले भारतमा दुई महिने प्रशिक्षण गर्ने भएको हो ।
महिला र पुरुषतर्फm नेपालका शीर्ष तीन वरीयताका खेलाडीले आगामी जुलाई १८ देखि १९ औं एसियाडका लागि तयारी गर्दैछन् । महिलातर्फmमा नविना श्रेष्ठ, सिका सुवाल र इभाना थापा तथा पुरुषमा संयोग कपाली र विलास श्रेष्ठ छन् ।
यी खेलाडी एसियाडमा सात विधामा नेपालको तर्पmबाट चुनौती प्रस्तुत गर्नेछन् । भारतमा वैदेशिक प्रशिक्षणमा जान लागेका नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले शुक्रबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिदाइ गरेका थिए । नेपाली टोलीको प्रशिक्षणमा सञ्जीव ढुंगेल, सन्ध्या साक्य तथा टिम म्यानेजर धर्ममान बज्राचार्य छन् ।
सोही कार्यक्रममा कतारको दोहामा आगामी जुलाई १७ देखि २२ सम्म आयोजना हुने एशियन युथ टेबल टेनिस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने टोली टोलीको बिदाइ गरिएको थियो । उक्त च्याम्पियनसिपमा नेपालले पुरुष र महिलाको सिंगल्स, डबल्स, मिक्स र टिम इभेन्टतर्फm प्रतिस्पर्धा गर्ने राष्ट्रिय टोलीकी प्रशिक्षक सन्ध्या शाक्यले जानकारी दिइन् । पुरुषमा पूजन गडाल, विशाल गोले, गनन्जय दाहाल तथा महिलामा शुभश्री श्रेष्ठ र सुस्मिता खड्का छन् । मोहनदास बासुकलाको प्रशिक्षणमा रहने उक्त टोलीलाई पनि सोही कार्यक्रमको अवसरमा बिदाइ गरिएको थियो ।
शुक्रबार नै आयोजित उक्त कार्यक्रममा दक्षिण एसियाली युथ च्याम्पियनसिपमा पदक विजेता नेपाली टोलीलाई समान नगद १० हजार रुपैयाँले सम्मान गरिएको थियो । भारतको अरुणाचल प्रदेशस्थित इटानगरमा गत वैशाख ३१ देखि जेठ ४ सम्म आयोजित प्रतियोगितामा नेपाली टोलीले यु–१९ ब्वाइज टिममा एक स्वर्ण, एक यु–१५ गल्र्स डबल्समा रजत र अन्य विधामा ६ कांस्य पदक जितेका थिए । उनीहरूलाई पनि राखेप सदस्यसचिव घिसिङ र संघका अध्यक्ष राजवैद्यले सम्मान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोसपा महाधिवेशनको तयारीमा, पदाधिकारीलाई तोक्यो जिम्मेवारी
-
तनाव भगाउन युवकले हजार घरमा चोरी गरेपछि...
-
कांग्रेस, एमाले र माओवादीबिच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन सकेन : अध्यक्ष लिङ्देन
-
सरकारप्रति जनतामा असन्तुष्टि, आक्रोश र वितृष्णा बढ्दै गयो : मोहन वैद्य
-
हेटौँडा–१२ : निर्वाचन लक्षित आमसभादेखि टोल टोलमा पुग्दै नेताहरू
-
तीन साङ्गीतिक ब्यान्डको एकसाथ टुर