खल्तीको नयाँ सेवा : ‘प्रवेशिका’ मार्फत विद्यार्थीले डिजिटल रूपमा +२ कलेजको आवेदन दिन सक्ने

काठमाडौँ । खल्तीले +२ कलेजहरूको खोजीमा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै प्रवेश परीक्षाका लागि आवेदन दिन डिजिटल प्रणाली ‘प्रवेशिका’ उपलब्ध गराएको छ । यस प्लेटफर्मबाट एसईई उत्तीर्ण विद्यार्थीहरूले एकै पटक ५०+ कलेजहरूमा आवेदन दिन सक्नेछन् ।
यससँगै प्रवेशिका मार्फत आवेदन दिने ५ विद्यार्थीलाई १ वर्षको १००% छात्रवृत्ति पनि उपलब्ध हुनेछ ।
प्रवेशिका मार्फत हालै काठमाडौँ उपत्यका रहेका कलेजका लागि एकै ठाउँमा भर्ना आवेदन दिन मिल्ने प्रणालीको रूपमा काम गर्दछ । यो प्रयोगकर्ता-अनुकूल डिजिटल प्लेटफर्मले कलेज र विद्यार्थीहरूलाई एक साझा प्लेटफर्ममा ल्याउँदै कलेज भर्ना प्रक्रियामा दुवै पक्षहरूलाई सजिलो बनाउने जनाइएको छ । अहिले प्रवेशिकाले काठमाडौँ उपत्यका भित्र रहेका ५०+ भन्दा बढी कलेजहरूको विकल्प प्रदान गर्दछ र आउँदा दिनमा उपत्यका बाहिरका कलेजहरू पनि उपलब्ध गराउने उद्देश्य राखेको छ । यसैबीच, यस प्लेटफर्मको साथ, कलेजहरूले भौतिक फारमहरू सङ्कलन गर्ने झन्झटलाई पनि समाधान गर्न सक्छन् र सहज प्रवेश प्रक्रिया व्यवस्थापन गर्न सक्छन् भने विद्यार्थी वर्गले पनि छोटो समयमा सजिलै घरै बसी ६०+ कलेज मध्ये आफूलाई अनुकूल हुने कलेज छनौट गरी आवेदन दिँदै भर्ना प्रक्रिया अगाडी बढाउन सक्नेछन् ।
प्रवेशिका बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन् ,“शिक्षा क्षेत्रलाई पनि डिजीटाइज गर्ने लक्ष्यका साथ एसईई उत्तीर्ण विद्यार्थीहरूको लागि कलेज आवेदन प्रक्रियालाई सरल र सुव्यवस्थित बनाउन प्रवेशिका ल्याइएको हो। प्रवेशिकाको उपयोग गर्दै अहिलेका पुस्ताले डिजिटल सेवा प्रति परिचित र प्रोत्साहित हुने कुरामा हामी विश्वस्त छौं। आउँदो दिनमा हामी प्रवेशिकालाई कलेज स्तरमा पनि विस्तार गर्दै लैजाने लक्ष्यका साथ अघि बढिरहेका छौ।”
विद्यार्थीहरूले pravesika.com मा गएर कलेज भर्नाको लागि आवेदन दिन सक्नेछन्। आवेदकहरू मध्ये ५ भाग्यशाली विजेताहरूले नेपाल मेगा कलेज, युनिभर्सल मोडर्न कलेज, तक्षशिला एकेडेमी, साइपाल एकेडेमी, एसिया प्यासिफिक कलेज जस्ता प्रसिद्ध कलेजहरूमा 100% छात्रवृत्तिको मौका पाउनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
भक्तपुरको गुण्डुमा पाँचतारे होटल निर्माण गर्दै स्वनिगः रिसोर्ट प्रालि, भूमि पूजा सम्पन्न
-
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय
-
तराई मधेसमा ‘जुडशीतल’ पर्व मनाइँदै
-
तीन किलोमिटर सडक : ठेकेदार फेर्दा पनि देखिएन बन्ने छाँटकाँट
-
गणेशजीको बार आज कुन राशिलाई कति लाभदायी ?