पत्रकारिताले ग्रामीण स्तरमा रहेका समस्यालाई उठाउनुपर्छ : मुख्यमन्त्री चौधरी

बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पत्रकारले ग्रामीणस्तरमा रहेका समस्यालाई उठाउनुपर्ने भन्दै खोज पत्रकारितालाई सरकारले पोत्साहान गर्ने बताएका छन् । दाङको देउखुरीमा आज एक अनलाइन पत्रिकाको शुभारम्भ गर्दे मुख्यमन्त्री चौधरीले पत्रकारिताले गाउँ, नागरिक र सरकारको पुलको काम गर्नुपर्नेमा जोड दिएका हुन् । सत्य तथ्यमा आधारित भएर लेख्न सबै पत्रकारलाई आग्रह गर्दै मुख्यमन्त्री चौधरीले प्रदेश सरकारका काम कारबाहीको विषयमा जनतालाई सुसूचित गराउने दायित्व पत्रकारको भएको बताए ।
उनले प्रदेश सरकारले छिटै पूर्णता पाउने बताउँदै सरकार विस्तारको विषयमा छलफल चलिरहेको समेत बताए । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सभामुख तुलाराम घर्तीले सरकारका काम र आगामी कार्य योजना ५० लाख प्रदेशवासीका सामू पुर्याउन आग्रह गरे । आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री सन्तोषकुमार पाण्डेले प्रदेश सरकारले गरेका गतिविधिलाई समाचारको माध्यमबाट नागरिकलाई सुसूचित गराउन आग्रह गरे । कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमसिल्नाले पत्रकारिताले समाजमा रहेका विकृति विसङ्गतिलाई निरुत्साहित गर्ने गरी सञ्चारमाध्यमले काम गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्प