आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

मौद्रिक नीतिमा निर्यात व्यापार प्रवर्द्धनको योजना समेट्न सुझाव

शुक्रबार, २९ असार २०८०, १७ : ०३
शुक्रबार, २९ असार २०८०

काठमाडौँ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा नेपालको निर्यात व्यापार प्रबर्द्धनको योजना बनाउन व्यवसायीले राष्ट्र बैंकलाई सुझाव दिएका छन् ।  कार्यवाहक गभर्नर निलम ढुंगानालाई भेटी नेपाल निर्यात व्यावसायी महासंघले देशको अर्थतन्त्र सुदृढिकरणका लागि निर्यात बढाउनुको विकल्प नरहेको भन्दै नीतिमा समेट्नुपर्ने विषयबारे सुझाव दिएको हो । महासंघका अध्यक्ष शंकर पाण्डेको नेतृत्वमा गएको टोलीले कार्यवाहक गभर्नर ढुंगानालाई मौद्रिक नीतिमा सकेट्नुपर्ने विषयबारे जानकारी गराएका हुन् । 

स्वदेशी उत्पादनको निर्यात बढाउन सकिए मात्रै अर्थतन्त्र सहि बाटोमा आउने बताउँदै महासंघका अध्यक्ष पाण्डेले निजी क्षेत्रको तत्परतालाई साथ दिनेगरी नीति आउनुपर्ने बताए । नेपालले विभिन्न देशबाट खाद्य र उपभोग्य वस्तुहरु आयात गरे पनि त्यसको अनुपातमा निर्यात गर्न नसक्दा व्यापार सन्तुलन गुमेको अवस्था छ । नेपालमा उत्पादित वस्तु विदेशमा निर्यात गर्नसके मात्रै मुलुकको अन्तर्राष्ट्रिय बजारमा स्तर वृद्धि हुने र वैदेशिक मुद्रा आर्जन हुने भएकाले सोहै अनुसारको नीति लिन महासंघले राष्ट्रबैंकलाई सुझाव दिएको हो । 

महासंघको सुझाव सकारात्मक भएको भन्दै कार्यवाहक गभर्नर ढुंगानाले निर्यातलाई सहज हुनेगरी नीति तय गर्ने आश्वासन दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप