अमेरिकी सहायक विदेशमन्त्री डोनाल्डले भेटे कांग्रेस सभापति देउवालाई
शुक्रबार, २९ असार २०८०, १६ : ३३

काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमा आएका विदेशमन्त्री लु सभापति देउवालाई भेट्न शुक्रबार दिउँसो धुम्बाराहीस्थित देउवाको निवासमा पुगेका हुन् ।
सभापति देउवाले सहायक विदेशमन्त्री लुसँग भेटघाट फलदायी भएको ट्वीटरमार्फत जानकारी दिएका छन् । नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा आफूहरूबीच रचनात्मक छलफल भएको देउवाको भनाइ छ।
नेपालमा शान्ति, लोकतन्त्र र विकास प्रबर्द्धनमा अमेरिकी सरकार र सहायक विदेशमन्त्री लुले गर्दै आएको अटल सहयोगका लागि देउवाले धन्यवाद व्यक्त गरे । एकदिने नेपाल भ्रमणको क्रममा लुले प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना पक्राउ
-
‘कहीँ पनि स्वास्थ्य बीमाको विकल्प खोज्नुपर्छ भनेको छैन’
-
गणतन्त्रवादी र राजावादी आमनेसामने, के छ सत्ताधारीको तयारी ?
-
संविधान र गणतन्त्रमाथि छेडखानी गर्नु गलतः पूर्वप्रधानमन्त्री दाहाल
-
‘उज्यालो नेपालका नायक कुलमान होइनन्, भारतले गर्दा लोडसेडिङ हटेको हो’
-
पलायन हुँदै उखु किसान, महिना दिन अगावै क्रसिङ बन्द