भारतले चन्द्रमामा पठायाे चन्द्रयान–३
भारतको चन्द्रयान–३ को सफलतापूर्वक लन्च भएको छ । भारतको चन्द्र मिसन अन्तर्गत चन्द्रयान–थ्रीलाई आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट शुक्रवार दिउँसो स्थानीय समयानुसार २ः३५ मा लन्च गरिएको छ ।
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले सतिश धवन स्पेस सेन्टरबाट चन्द्रयान–३ लाई लन्च गरेको छ ।
चन्द्रयानको लन्च हेर्न स्कुलका करिब २०० विद्यार्थी स्पेस सेन्टरमा पुगेका थिए । यति बेला हजारौँ मानिस स्पेस सेन्टरमा थिए ।
भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले चन्द्रयान–३ को लन्च अघि ट्विट गरेका थिए, ‘भारतको स्पेस क्षेत्रको क्षेत्रमा १४ जुलाई २०२३ को तारिख सुनौलो अक्षरमा लेखिएको हुन्छ ।’
यो मिसनमा चन्द्रयानको एउटा रोभर निस्कनेछ (एउटा सानो रोबोट) जुन चन्द्रमाको सतहमा उत्रिनेछ र लुनर साउथ पोलमा यसको पोजिसनिङ हुनेछ ।
यहाँ नै रोभरले चन्द्रमाको यो हिस्सामा खनिज, पानी आदि बारे अनुसन्धान गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय
-
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
-
भक्तपुरमा मोटरसाइकल र कार ठोक्किँदा आमाको मृत्यु, छोरी घाइते
-
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत
-
खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ
-
सरकारले खोस्यो १३ जना स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी