बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

अर्थतन्त्र सकारात्मकतातर्फ अगाडि बढेको छ : अर्थमन्त्री महत

शुक्रबार, २९ असार २०८०, १२ : १५
शुक्रबार, २९ असार २०८०

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मकतातर्फ अगाडी बढेको बताएका छन् । आज राष्ट्रिय सभा बैठकमा बोल्दै अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान भइरहेको र सकारात्मकतातर्फ अगाडि बढेको बताए । उनले मूल्यवृद्धि पनि विगतको भन्दा घटेको बताए । 

उनले सरकारले करको दायरा फराकिलो पारेको भन्दै राजस्व बढ्नेमा विश्वास व्यक्त गरे । उनले राजस्व वृद्धि हुने प्रशस्त आधार देखिएको उल्लेख गरे । 

अर्थमन्त्री महतले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा अझै बढी बजेट विनियोजन गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप