अमेरिकी सहायक विदेशमन्त्री काठमाडौँमा (तस्बिरहरु)
_tF1LNAYKmJ.jpg)
काठमाडौँ । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौँ आइपुगेका छन् । सहायक विदेशमन्त्री लु नेपालको एक दिवसीय भ्रमणका क्रममा शुक्रबार काठमाडौँ आइपुगेका हुन् ।
सहायक विदेशमन्त्री लुले आजै साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ । त्यसअघि उनले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गर्नेछन् ।
डोनाल्ड केही दिनदेखि भारत, बङ्गलादेश र श्रीलंकाको भ्रमणमा निस्केका छन् । सोही क्रममा उनी नेपाल भ्रमणमा आएका हुन् । नेपालका लागि उनको यो तेस्रो भ्रमण हो । यसअघि उनी २०७९ साउन १२ गते तीन दिने नेपाल भ्रमणमा आएका थिए ।
संसदमा एसपीपीको विवाद चलिरहेको बेला उनले नेपाल भ्रमण गरेका थिए । त्यसबेला उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन परराष्ट्र मन्त्री नारायण खड्कालगायतका अधिकारीलाई भेटेका थिए । पहिलोपटक उनी २०७८ मंसिरमा नेपाल आएका थिए । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन टिभी पत्रकार सङ्घ र डिजिटल मिडिया पत्रकार सङ्घबिच एकीकरण
-
विदेशी मुद्रा सटहीका लागि कागजातहरू पेस गर्न सबै निर्जीवन बीमकहरूलाई निर्देशन
-
मण्डलामा ‘उम्लिँदो खरानी र लेम्लेम्मा’
-
लुम्बिनीमा एसईईकाे तयारी पूरा, ढुक्क भएर परीक्षा दिन मुख्यमन्त्रीकाे आग्रह
-
जीवा लामिछानेको तेस्रो कृति ‘अक्षत अन्टार्कटिका’ लोकार्पण
-
बजेट व्यवस्थापन गर्न बागमतीमा आयोजना बैंक, कसरी हुन्छन् योजना छनोट ?