न्यूनतम पारिश्रमिक २५ हजार कायम गर्न माग गर्दै सिडिओमार्फत मन्त्रीलाई ज्ञापन पत्र

रौतहट । न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ निर्धारण हुनुपर्ने मागसहित नेपाल ट्रेड युनियन कांग्रेस रौतहटले सिडिओमार्फत श्रम तथा रोजगार मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।
युनियनका जिल्ला अध्यक्ष रामसोगारथ यादवको नेतृत्वमा बिहीबार जिल्ला प्रशासन कार्यालय रौतहटमा गएको टोलीले सिडिओ धर्मेन्द्रकुमार मिश्रलाई ज्ञापन पत्र बुझाएको हो।
श्रम तथा रोजगार मन्त्री शरदसिंह भण्डारी समक्ष पठाइएको ज्ञापन पत्रमा नेपालको श्रम ऐन, २०७४ मा व्यवस्था भए अनुसार प्रत्येक दुई दुई वर्षमा त्रिपक्षीय सहमतिका आधारमा श्रमजीवीहरूको न्यूनतम पारिश्रमिक निर्धारण गरी लागू गर्नुपर्ने माग गरिएको छ। सोही बमोजिम पारिश्रमिक निर्धारण गरी आउने साउन देखि लागु गर्नु पर्नेमा सरकार, रोजगारदाता र ट्रेड युनियनबीच पटक–पटक छलफल हुँदा पनि सहमतिमा पुग्न सकेको छैन ।
हरेक बस्तुको मूल्य वृद्धिलाई ध्यानमा राखी नेपाल ट्रेड युनियन काँग्रेसले गत असार ४ गतेदेखि ६ सम्म काठमाण्डौंमा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनले श्रमिकको मासिक पारिश्रमिक न्यूनतम २५ हजार हुनुपर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु