अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै

काठमाडौँ । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउने भएका छन् । नेपालस्थित अमेरिकी दूतावासले सहायक विदेशमन्त्री डोनाल्ड आज नेपाल भ्रमणमा आउने जानकारी दिएको हो ।
नेपाल भ्रमणका क्रममा मन्त्री डोनाल्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ । उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थाका प्रतिनिधिसँग पनि भेटघाट गर्ने जनाइएको छ ।
डोनाल्ड केही दिनदेखि भारत, बङ्गलादेश र श्रीलंकाको भ्रमणमा निस्केका थिए । सोही क्रममा उनी नेपाल आउन लागेको बताइएको छ । नेपालका लागि उनको यो तेस्रो भ्रमण हो । यसअघि उनी २०७९ साउन १२ गते तीन दिने नेपाल भ्रमणमा आएका थिए ।
संसदमा एसपीपीको विवाद चलिरहेको बेला उनले नेपाल भ्रमण गरेका थिए । त्यसबेला उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन परराष्ट्र मन्त्री नारायण खड्कालगायतका अधिकारीलाई भेटेका थिए । पहिलोपटक उनी २०७८ मंसिरमा नेपाल आएका थिए ।
त्यसबेला एमसीसी विवाद संसदमा चलिरहेको थियो । नेपालमा एसपीपी विवाद भो अझै समाधान भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवा लामिछानेको तेस्रो कृति ‘अक्षत अन्टार्कटिका’ लोकार्पण
-
मधेसी आयोगबाट बिदा भए अध्यक्ष डा.दत्त
-
सरकार परिवर्तनको हल्ला चलाउनु माओवादीको स्टन्टबाजी : मन्त्री गुरुङ
-
विकास निर्माणको काम प्रभावकारी नहुँदा नागरिकहरूमा वितृष्णा पैदा भयो : मुख्यमन्त्री लामा
-
कोशीका ८१ हजार ३६० विद्यार्थी एसईई परीक्षामा सहभागी हुने
-
खैरो हेरोइनसहित दुई जना पक्राउ